कञ्चनपुरमा ट्याक्टर र स्कुटी ठोक्किँदा स्कुटीमा सवार एकको मृत्यु

कञ्चनपुरमा ट्याक्टर र स्कुटी ठोक्किँदा स्कुटीमा सवार एकको मृत्यु

आइतवार, चैत्र १० २०८१
आइतवार, चैत्र १० २०८१
  • कञ्चनपुरमा ट्याक्टर र स्कुटी ठोक्किँदा स्कुटीमा सवार एकको मृत्यु

    धनगढी । कञ्चनपुरको भीमदत्त नगरपालिका–११ मा ट्याक्टर र स्कुटी आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ। म १ त १०२० नम्बरको ट्याक्टरसँग सुपप्र ०२–००३ प ६७३२ नम्बरको स्कुटी ठोक्किँदा स्कुटी पछाडि सवार ४० वर्षीय प्रेम गिरीको मृत्यु भएको हो ।   


    प्रहरीका अनुसार दुर्घटनाबाट गम्भीर घाइते भएका गिरीलाई उपचारका लागि धनगढीस्थित मायामेट्रो अस्पताल पुर्‍याइएपछि थप उपचारका लागि भारतको भोजीपुरा रेफर थियो । तर भारत लैजानुअघि नै चिकित्सकले गिरीलाई मृत घोषणा गरेका थिए ।


    स्कुटी चालक सोही ठाउँ बस्ने ४२ वर्षीय सन्तोष कुँवरलाई प्रहरीले नियन्त्रणमा लिएको छ। दुर्घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij