खोटाङमा बेग्लाबेग्लै घटनाबाट दुई जनाको मृत्यु

खोटाङमा बेग्लाबेग्लै घटनाबाट दुई जनाको मृत्यु

शनिवार, चैत्र ९ २०८१
शनिवार, चैत्र ९ २०८१
  • खोटाङमा बेग्लाबेग्लै घटनाबाट दुई जनाको मृत्यु

    खोटाङ । बेग्लाबेग्लै घटनामा यहाँ दुई जनाको मृत्यु भएको छ। चट्याङ लागेर केपिलासगढी गाउँपालिका–७ सुङ्देल गुल्टेनस्थित ४५ वर्षीया दिलकुमारी राई र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१५ विजयखर्क बसेरिकी २१ महिने शिशु अनुसोया पोखरेलको बार्दलीबाट लडेर मृत्यु भएको छ।

    आज बिहान करिब ४ बजे चट्याङ लाग्दा दिलकुमारीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक प्रतीक विष्टले जानकारी दिए।

    यसैगरी, घरको बार्दलीबाट लडेर गम्भीर घाइते भएकी २१ महिने शिशुको उपचारका लागि काठमाडौं लाने क्रममा बाटोमै मृत्यु भएको उनले बताए।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij