टिभी कार्यक्रम ‘मुन्द्रेको कमेडी क्लब’ बन्द

टिभी कार्यक्रम ‘मुन्द्रेको कमेडी क्लब’ बन्द

मंगलवार, फाल्गुण २२ २०८०
मंगलवार, फाल्गुण २२ २०८०
  • टिभी कार्यक्रम ‘मुन्द्रेको कमेडी क्लब’ बन्द

    काठमाडौं । नेपाल टेलिभिजनबाट प्रशारण हुने कार्यक्रम ‘मुन्द्रेको कबमेडी क्लब’ बन्द भएको छ । मंगलबार सामाजिक सञ्जालमार्फत् कार्यक्रमका सञ्चालक जितु नेपाल (मुन्द्रे) ले उक्त घोषणा गरेका हुन् । 

    उनले खर्च धान्न ग्राहो भएको र अब नयाँ शैलीको कार्यक्रम निर्माणका लागि बन्द गर्नुपरेको बताएका छन् ।

    मुन्द्रेको कमेडी क्लब तेस्रो सिजनसम्म आइपुग्दा १८४ एपिसोड प्रसारण भएको छ । चाँडै दुई फिचर फिल्ममा आफू व्यस्त हुने र त्यसपछि नयाँ टेलिभिजन कार्यक्रम ल्याउने सोचमा रहेको उनले बताए ।

    मुन्द्रेको कमेडी क्लबको अध्यक्षमा अभिनेत्री प्रियंका कार्की रहेकी छन् भने निर्देशकमा दिनेश डिसी छन्। त्यस्तै कलाकारहरूमा दमन रूपाखेती, प्रभात लामा, राधिका कँडेल, दिनेश काफ्ले, एलिना बाँस्कोटालगायत छन् ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij