तीन पालिकाले सडकबत्तीको पाँच करोड बक्यौता तिर्न बाँकी

तीन पालिकाले सडकबत्तीको पाँच करोड बक्यौता तिर्न बाँकी

मंगलवार, फाल्गुण २७ २०८१
मंगलवार, फाल्गुण २७ २०८१
  • तीन पालिकाले सडकबत्तीको पाँच करोड बक्यौता तिर्न बाँकी

    इटहरी । सुनसरीका तीन स्थानीय तहले सडकबत्तीको ५ करोड ९१ लाख ६० हजार रुपैयाँ बक्यौता तिर्न बाँकी रहेको छ । 

    इटहरी उपमहानगरपालिका, रामधुनी नगरपालिका र बराक्षेत्र नगरपालिकाले सडकबत्तीको बक्यौता तिर्न बाँकी रहेको नेपाल विद्युत् प्राधिकरण इटहरी वितरण केन्द्रका प्रमुख रामउदगार साहले जानकारी दिए । 

    बक्यौता तिर्न पटक–पटक सूचना जारी गरे पनि हालसम्म नतिरेको उनले बताए । इटहरी उपमहानगरपालिकाले ३ करोड ७७ लाख ४० हजार रुपैयाँ, बराहक्षेत्र नगरपालिकाले १ करोड ३५ लाख २५ हजार रुपैयाँ र रामधुनी नगरपालिकाले ७८ लाख ९४ हजार रुपैयाँ बक्यौता तिर्न बाँकी रहेको छ ।

    प्रमुख साहले भने, “बक्यौता रकम तिर्न पालिकालाई पत्र पठाउँदै आएका छौँ ।” इटहरी वितरण केन्द्रका सूचना अधिकारी सुरज गोसाईंका अनुसार प्रत्येक महिना सडकबत्तीको बिल पालिकालाई पठाउने गरिएको छ । प्राधिकरणले बक्यौता नतिर्नेको विद्युत्को लाइन काट्दै आएको छ । चालू आर्थिक वर्ष २०८१÷८२ मा साउन महिनायता १२ हजार ८२ जनाको लाइन काटिएको उनले बताए । 

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij