काठमाडौं । सप्तरीको सप्तकोसी नगरपालिका–१ फत्तेपुरको खोरिया टोल वस्तीमा बाघ पसेको छ । सोही बाघको आक्रमणबाट दुई जना घाइते भएका छन् ।
यसरी घाइते हुनेमा अन्दाजी ४३ वर्षका कृष्ण विष्ट र ५५ वर्षका गणेश खत्रीरहेका छन् । उनीहरुको स्थानीय क्लिनिकमा उपचार भइरहेको छ । उनीहरुको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।
आज बिहान सात बजेतिर बस्तीमा बाघ पसेको जानकारी प्रहरीले पाएको थियो ।