जुम्लामा १२ वडा बालविवाह मुक्त घोषणा

जुम्लामा १२ वडा बालविवाह मुक्त घोषणा

बिहिवार, फाल्गुण ८ २०८१
बिहिवार, फाल्गुण ८ २०८१
  • जुम्लामा १२ वडा बालविवाह मुक्त घोषणा

    जुम्ला । जिल्लाका आठ वटा स्थानीय तहका ६० वडामध्ये १२ वडालाई बालविवाह मुक्त घोषणा गरिएको छ । हिमा गाउँपालिकाका ७ वडामध्ये १, २, ३ र ५ नम्बर वडालाई बालविवाह मुक्त घोषणा गरिएको हो ।

     बुधबार एक कार्यक्रमका बीच कनकासुन्दरी गाउँपालिका–४ र ५ पातारासी गाउँपालिका–५, तिला गाउँपालिका–६, गुठीचौर गाउँपालिका–४, सिन्जा गाउँपालिका–२, ४ र ६ लाई बालविवाह मुक्त घोषणा भएका हुन । यहाँका स्थानीय तहले प्लान नेपाल, पेस नेपाल, क्याड नेपाल, सर्वोदय नेपाल,किर्डाक, आइएनएफलगायतका गैरसरकारी सङ्घसंस्थासँगको सहकार्यमा ती वडालाई बालविवाह मुक्त वडा घोषणा गरिएको हिमा गाउँपालिका अध्यक्ष लक्ष्मण शाहीले जानकारी दिए। 

    दिगो विकासका लक्ष्य हासिल गर्ने सरकारको लक्ष्यअनुसार मुलुकलाई सन् २०३० सम्ममा बालविवाह मुक्त गर्न ती संस्थासँग सहकार्य भएको उनको कथन छ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij