टोरन्टो विमानस्थलमा ८० जना सवार विमान पल्टियो, १५ जना घाइते

टोरन्टो विमानस्थलमा ८० जना सवार विमान पल्टियो, १५ जना घाइते

मंगलवार, फाल्गुण ६ २०८१
मंगलवार, फाल्गुण ६ २०८१
  • टोरन्टो विमानस्थलमा ८० जना सवार विमान पल्टियो, १५ जना घाइते

    काठमाडौं । क्यानडाको टोरन्टो पियर्सन अन्तर्राष्ट्रिय विमानस्थलमा एउटा विमान पल्टिएको छ । विमान अवतरण गर्ने समयमा यो दुर्घटना भएको बीबीसीको समाचारमा उल्लेख छ ।

    अमेरिकी सङ्घीय उड्डयन प्रशासनका अनुसार डेल्टा एयर लाइन्सको उडान ४८१९ स्थानीय समय अनुसार दिउँसो २ः४५ बजे अवतरण गर्ने क्रममा पल्टिएको थियो । विमानमा ८० जना सवार थिए ।

    चिकित्सा सहायतामा संलग्न टोलीका अनुसार यस घटनामा १५ जना घाइते भएका छन्, जसमध्ये तीनजना गम्भीर घाइते भएको बताइएको छ । घाइतेहरूमा एक बालक र दुई वयस्क रहेका छन् ।

    एफएएका अनुसार सबै यात्रुहरूलाई विमानबाट बाहिर निकालिएको थियो । विमान पल्टिनुको कारण अझै थाहा हुन सकेको छैन ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij