हलेसी बजारमा ग्यास लिक भएर सल्केको आगोबाट ७ करोड ३० लाखको क्षति

हलेसी बजारमा ग्यास लिक भएर सल्केको आगोबाट ७ करोड ३० लाखको क्षति

सोमवार, फाल्गुण ५ २०८१
सोमवार, फाल्गुण ५ २०८१
  • हलेसी बजारमा ग्यास लिक भएर सल्केको आगोबाट ७ करोड ३० लाखको क्षति

    काठमाडौं ।  खोटाङको हलेसी बजारमा भएको आगलागीबाट ७ करोड ३० लाख बराबरको क्षति भएको छ । ग्यास लिक हुँदा सुरू भएको आगोले भीषण रूप लिँदा ७ करोड ३० लाख बराबरको क्षति भएको हो । 

    हलेसी तुवाचुङ नगरपालिका(७ महादेवस्थानस्थित हलेसीबजारमा आइतबार साँझ ७ बजेबाट आगलागी सुरू भएको थियो । पदमशेर राईको हार्डवयर पसलमा राखिएको खाना पकाउने ग्यास लिक हुँदा आगलागी सुरु भएको थियो ।

    काठ र जस्तापाताले बनेको तीनतले घरको पहिलो तलामा खाना पकाउने ग्यास लिक भएर सुरु भएको आगोले भीषणरुप लिएको थियो । आगलागीबाट पदमशेरको घर पूर्णरुपमा जलेर नष्ट भएको छ । घरको दोस्रो तलामा रहेको निर्धन उत्थान लघुवित्त संस्थाको कार्यालय समेत जलेर खरानी भएको छ । नजिकै रहेको ऐराख राईको न्यु कल्याण होटल सञ्चालन भइरहेको चारतले पक्की घर र पछाडिसँगै रहेको निजकै काठको दुई तले घरमा पूर्ण क्षति हुँदा २ करोड ५० लाख क्षति भएको छ ।

    प्रकाशचन्द्र गिरीको हलेसी दर्शन होटलको फलामे ट्रसले बनेको एकतले भान्सा घर र पक्की घरमा आंशिक क्षति हुँदा ३० लाख र भरणसेर राईको पारुहाङ होटलको चारतले पक्की घरको दोश्रो र तेश्रो तलामा आंशिक क्षति हुँदा ५० लाखको क्षति भएको प्रहरीले जनाएको छ ।

    आगलागी नियन्त्रणका लागि पानी बोक्ने, ट्याङकरसहित जेसिबीलगायतका मेसिन प्रयोग गरिएको थियो । आगलागीबाट मानवीय र चौपायामा भने क्षति भएको छैन ।

     

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij