टिपरले टाटा सुमोलाई ठक्कर दिंदा मृत्यु हुनेको संख्या तीन पुग्यो

टिपरले टाटा सुमोलाई ठक्कर दिंदा मृत्यु हुनेको संख्या तीन पुग्यो

शुक्रवार, फाल्गुण १८ २०८०
शुक्रवार, फाल्गुण १८ २०८०
  • टिपरले टाटा सुमोलाई ठक्कर दिंदा मृत्यु हुनेको संख्या तीन पुग्यो

    विराटनगर । मोरङको बेलबारीमा टिपरले टाटा सुमोलाई ठक्कर दिँदा मृत्यु हुनेको सङ्ख्या तीन पुगेको छ । थप चार जना घाइते भएका छन् । बेलबारी नगरपालिका–३ स्थित पुरानो मालपोत जाने बाटोमा आज बिहान  ६ः३० बजे सो दुर्घटना भएको बताइएको छ ।

    दुर्घटनामा परी घटनास्थलमै मृत्यु हुनेमा झापा कमल गाउँपालिका–२ का ५२ वर्षीय यदुकान्त भट्टराई र सोही ठाउँ बस्ने वर्ष ४४ कि दिपा खनाल रहेकी छिन् । सुमो चालक झापा बिर्तामोड २ का ३६ वर्षीय कृष्ण गजुरेलको उपचारका क्रममा विराटनगरस्थित न्यूरो अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ । 


    पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको प्रदेश १–०२–००१ ख ९६७६ नम्बरको ट्रिपरले पश्चिमतर्फ आउँदै गरेको मे १ झ २८५६ नम्बरको सुमोलाई ठक्कर दिएको थियो । जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार त्यस क्रममा बागमती प्रदेश ०३–००१ ख २७१८ नम्बरको यात्रु बसमा पनि सुमो ठोकिएको थियो ।

    दुर्घटनामा परी घाईते दुई जनाको विराटनगरस्थित न्यूरो अस्पतालमा उपचार भइरहेको छ । जसमधये एक जनाको अवस्था भने चिन्ताजनक रहेको प्रहरीले जनाएको छ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij