कोशीका पूर्व मुख्यमन्त्री थापामाथि विद्युत् प्राधिकरणका कर्मचारीले गरे हातपात

कोशीका पूर्व मुख्यमन्त्री थापामाथि विद्युत् प्राधिकरणका कर्मचारीले गरे हातपात

आइतवार, माघ ६ २०८१
आइतवार, माघ ६ २०८१
  • कोशीका पूर्व मुख्यमन्त्री थापामाथि विद्युत् प्राधिकरणका कर्मचारीले गरे हातपात

    काठमाडौं । कोशी प्रदेशमा पूर्व मुख्यमन्त्री उद्धव थापामाथि हातपात भएको छ । झापाको कन्काई नगरपालिका वडा नम्बर–१ मा हातपात भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

    हातपातमा संलग्न विद्युत् प्राधिकरणको सुरुङ्गा शाखामा कार्यरत हेल्पर र सवारी चालकलाई प्रहरीले पक्राउ गरेको छ । उनीहरूलाई इलाका प्रहरी कार्यालय बिर्तामोडमा राखिएको छ ।

    कन्काइमा कार्यक्रम सकेर घरतिर फर्किने क्रममा थापामाथि  विद्युत् प्राधिकरणका कर्मचारीले गाडी ओभरेटको विषयमा विवाद गरेर आक्रमण गरेका हुन् । बिर्तासिटी अस्पतालमा उपचारपछि पूर्व मुख्यमन्त्री थापा घर फर्केका छन् ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij