बैंककस्थित होटलमा आगलागी हुँदा ३ पर्यटकको मृत्यु

बैंककस्थित होटलमा आगलागी हुँदा ३ पर्यटकको मृत्यु

मंगलवार, पौष १६ २०८१
मंगलवार, पौष १६ २०८१
  • बैंककस्थित होटलमा आगलागी हुँदा ३ पर्यटकको मृत्यु

    काठमाडौं । थाइल्यान्डको राजधानी बैंककमा रहेको ६ तले होटलमा आगलागी हुँदा ३ विदेशी पर्यटकको मृत्यु भएको छ । ७ जना घाइते भएका छन् ।

    मृत्यु हुनेमा अमेरिका, ब्राजिल र युक्रेनका नागरिक छन् । उनीहरूमध्ये एक महिला र दुई पुरुष छन् । आगलागीमा परेर गम्भीर घाइते भएका उनीहरूको अस्पतालमा उपचारको क्रममा ज्यान गएको हो ।

    घाइतेमध्ये पाँच विदेशी र दुई थाइ नागरिक रहेको जनाइएको छ। आगलागीलगत्तै पुगेका उद्धारकर्ताले होटलमा रहेका अन्य ७५ जनालाई उद्धार गरेका थिए ।

    बैंककका गभर्नर चाडचार्ट सिटिपन्टका अनुसार अग्निनियन्त्रकहरू सूचना पाएको पाँच मिनेटभित्रै घटनास्थलमा पुगेको र तीनवटा क्रेनको सहायतामा उद्धारकर्मीले करिब ७५ जनालाई उद्धार गरेको जानकारी दिए ।

     

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij