राष्ट्रिय परीक्षा बोर्डले लिलामीमा राख्यो एसईईका उत्तरपुस्तिका

राष्ट्रिय परीक्षा बोर्डले लिलामीमा राख्यो एसईईका उत्तरपुस्तिका

मंगलवार, फाल्गुण १५ २०८०
मंगलवार, फाल्गुण १५ २०८०
  • राष्ट्रिय परीक्षा बोर्डले लिलामीमा राख्यो एसईईका उत्तरपुस्तिका

    भक्तपुर । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा एसईई २०७९ को उत्तरपुस्तिका र सोसँग सम्बन्धित कागजातहरू लिलाम गर्न लागेको छ । लिलामीका लागि बोर्डले दोस्रोपटक सूचना जारी गरेको छ । 


    ती कागजातहरू गोप्य तवरले मेसिनमार्फत् धुल्याउनुपर्ने बोर्डको सर्त छ । त्यसका लगि रिसाइक्लिङ मेसिन भएका कम्पनीलाई आवेदन दिन भनिएको छ । यसअघि बोर्डले उत्तरपुस्तिका लिलामीका लागि गएको माघ १५ गते बोलपत्र आह्वान गरेको थियो । पहिलो सूचनामा कुनै आवेदन नपरेपछि दोस्रोपटक खुलाइएको बोर्डले जनाएको छ । बोलपत्र फारम भर्न ११ दिनको म्याद तोकिएको छ ।  

    trt.jpg

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij