नेपाल मानवअधिकार अन्तर्राष्ट्रिय चलचित्र महोत्सवः चलचित्र प्रदर्शनीसँगै अन्तरक्रिया

नेपाल मानवअधिकार अन्तर्राष्ट्रिय चलचित्र महोत्सवः चलचित्र प्रदर्शनीसँगै अन्तरक्रिया

मंगलवार, मंसिर २५ २०८१
मंगलवार, मंसिर २५ २०८१
  • नेपाल मानवअधिकार अन्तर्राष्ट्रिय चलचित्र महोत्सवः चलचित्र प्रदर्शनीसँगै अन्तरक्रिया
    काठमाडौँ । ‘बाह्रौँ नेपाल मानवअधिकार अन्तर्राष्ट्रिय चलचित्र महोत्सव’ को आज दोस्रो दिन विभिन्न वृतचित्र, चलचित्र प्रदर्शनसँगै अन्तरक्रिया भइरहेको छ । 
     
    महोत्सवका निर्देशक पाण्डव खत्रीका अनुसार नेपाल मानवअधिकार अन्तर्राष्ट्रिय चलचित्र केन्द्रको आयोजनामा ‘सामाजिक न्याय’को नारासहित भइरहेको महोत्सवमा नेपालसहित २३ देशका ५३ चलचित्र सहभागी छ । 
     
    महोत्सव निर्देशक खत्रीले विश्व प्रतिष्ठित कान्स चलचित्र महोत्सवमा सहभागी भएको पुरस्कृत चलचित्र ‘अल वी इमाजिन एज लाइट’ प्रदर्शन गरिनुका साथै ’एड्रेसिङ जेन्डर राइट्स : फिल्म्स एस अ टुल्स अफ एड्भोकेसी’का विषयमा अन्तरक्रिया हुने जानकारी दिए।
     
    “दोस्रो दिन उत्साहाजन रुपमा चलचित्रकर्मीसँगै आम दर्शकको सहभागिता रहेको छ, हामीले मानव अधिकारका विषयमा निर्माण भएका चलचित्र, वृतचित्र लगायत प्रदर्शन गरिरहेका छौँ, यसले आम मानिस सन्देश प्रवाह गर्छ भन्ने विश्वास लिएका छौँ”, महोत्सव निर्देशक खत्रीले भने ।   
     
    नेपालसहित पाकिस्तान, बङ्गलादेश, भारतलगायत देशका चलचित्रकर्मीको सहभागिता रहने महोत्सव यही मङ्सिर २७ गतेसम्म चलचित्र विकास बोर्डको सभाहल र नेपाल पर्यटन बोर्डको सभाहलमा सञ्चालन हुनेछ । सन् २००९ मा स्थापना भएको मानवअधिकार चलचित्र केन्द्रले महोत्सव आयोजना गर्दै आएको छ । 

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij