‘ह्रस्व दीर्घ’ले गर्यो १० करोड ६० लाख ग्रस कलेक्सन

‘ह्रस्व दीर्घ’ले गर्यो १० करोड ६० लाख ग्रस कलेक्सन

बिहिवार, मंसिर २० २०८१
बिहिवार, मंसिर २० २०८१
  • ‘ह्रस्व दीर्घ’ले गर्यो १० करोड ६० लाख ग्रस कलेक्सन

    काठमाडौं । चलचित्र ‘ह्रस्व दीर्घ’ ले १० करोड ६० लाख कमाइ गरेको छ । कात्तिक ३० गते रिलिज भएको यस फिल्मले १९ दिनमा नेपालभर १० करोड ६० लाख ग्रस कलेक्सन गरेको हो ।

    फिल्मकी निर्मात्री नीता ढुंगानाले फिल्मको कलेक्सनबारे जानकारी दिइन् । चन्द्र पन्त निर्देशित यो फिल्म ‘पूर्णबहादुरको सारंगी’को दबदबाबीच रिलिज भएको थियो । हरिहर अधिकारीको कथा रहेको फिल्ममा प्रतीक पौडेल, निर्देशक चन्द्र पन्त र हरिहरको पटकथा तथा संवाद रहेको छ ।

    फिल्ममा नीतासहित हरिहर अधिकारी, ब्रह्मानन्दम, अली, कवीर दुहान सिंह, प्रदीप रावत, सुनिल वर्मा र प्रशान्त ताम्राकार, सञ्चीता लुइँटेल, विपना थापा, सरोज खनाल, नरेन खड्का, गरिमा शर्मा, रवीन्द्र झा, आर्दश मिश्र, बुद्धि तामाङ र किरण केसीलगायतको अभिनय छ ।

    ६ करोड लगानीमा बनेको यस फिल्मलाई बलिउडका चर्चित सिनेमाटोग्राफर कवीरलालले खिचेका हुन् । यसअघि केही भोजपुरी सिनेमाको निर्देशन तथा ५ दर्जनभन्दा बढी नेपाली सिनेमामा द्वन्द्व निर्देशकका रूपमा काम गरेका पन्तको यो नेपाली सिनेमामा डेब्यु निर्देशन हो । यो तेलुगु र हिन्दी भाषामा पनि रिलिज हुनेछ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij