अफ्रिकी देश नामिबियाले पायो पहिलो महिला राष्ट्रपति

अफ्रिकी देश नामिबियाले पायो पहिलो महिला राष्ट्रपति

बुधवार, मंसिर १९ २०८१
बुधवार, मंसिर १९ २०८१
  • अफ्रिकी देश नामिबियाले पायो पहिलो महिला राष्ट्रपति

    काठमाडौं । अफ्रिकी देश नामिबियाले पहिलो पटक महिला राष्ट्रपति पाएको छ । नेतुम्बो नन्दी–नडैतवाह नामिबियाको राष्ट्रपतिमा निर्वाचित हुने पहिलो महिला भएको बीबीसीले जनाएको छ ।

    यसअघि उनले उपराष्ट्रपतिको जिम्मेवारी सम्हाल्दै आएकी थिइन् । उनी सत्तारूढ दल साउथ वेस्ट अफ्रिका पिपुल्स अर्गनाइजेसन स्वापोको सदस्य हुन् ।

    राष्ट्रपति चुनावमा नडैतवाहले ५७ प्रतिशतभन्दा बढी मत ल्याएमी छिन् भने प्रतिद्वन्द्वी पाण्डुलेनी इतुलाले २६ प्रतिशत मत ल्याएका छन् । तर पाण्डुलेनी इतुलाले चुनाव प्रक्रियामा धाँधली गरेको आरोप लगाउँदै परिणाम स्वीकार गर्न अस्वीकार गरेका छन् ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij