विराटनगर किंग्सले एनपीएल जिते कोशी सरकारले ३० लाख पुरस्कार दिने

विराटनगर किंग्सले एनपीएल जिते कोशी सरकारले ३० लाख पुरस्कार दिने

बुधवार, मंसिर १२ २०८१
बुधवार, मंसिर १२ २०८१
  • विराटनगर किंग्सले एनपीएल जिते कोशी सरकारले ३० लाख पुरस्कार दिने

    काठमाडौं । कोशी प्रदेश सरकारले विराटनगर किंग्सले नेपाल प्रिमियर लिग (एनपीएल)को उपाधि जिते ३० लाख नगदसहित सम्मान गर्ने घोषणा गरेको छ । विराटनगर किंग्सका खेलाडीलाई मंगलबार राति बिदाइ गर्दै कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विजेता बनेमा नगद पुरस्कार दिने घोषणा गरे ।

    नेपाल क्रिकेट संघ (क्यान)ले आयोजना गर्न लागेको एनपीएलका लागि कोशी प्रदेशबाट विराटनगर किंग्सले सहभागिता जनाउँदै छ । मुख्यमन्त्री कार्कीले टोलीलाई जितको शुभकामना दिए । 

    बिदाइ कार्यक्रममा मुख्यमन्त्री कार्कीले खेल क्षेत्रमा निजी क्षेत्रको सहभागिताले थप आकर्षण बढेको बताउँदै  क्रिकेटबाट राष्ट्रिय मात्र हैन, अन्तर्राष्ट्रिय पहिचान बनाउन सकिने उल्लेख गरे । “खेलकुद क्षेत्रमा प्रदेश सरकारको स्रोतसाधनले भ्याएसम्म सहयोग गर्न सरकार तयार छ,” मुख्यमन्त्री कार्कीले भने, “आगामी दिनमा खेलकुदको विकासका लागि थप योजनाहरू अघि सारिनेछ ।” 

    विराटनगर किंग्सको मुख्य प्रशिक्षक केभिन ओ ब्रायनले नेपाल प्रिमियर लिगमा आक्रामक खेलको प्रस्तुति दिने बताए । प्रतियोगिता कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको खेल मैदानमा मंसिर १५ देखि पुस ६ गतेसम्म हुनेछ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij