कोशीका पूर्वमन्त्री अधिकारीमाथि मानव बेचविखनको कारबाही नहुने

कोशीका पूर्वमन्त्री अधिकारीमाथि मानव बेचविखनको कारबाही नहुने

सोमवार, मंसिर १० २०८१
सोमवार, मंसिर १० २०८१
  • कोशीका पूर्वमन्त्री अधिकारीमाथि मानव बेचविखनको कारबाही नहुने

    काठमाडौं । जापानमा मानव बेचविखन तथा ओसार पसार गरेको आरोपमा पक्राउ परेका कोसी प्रदेशका निवर्तमान मन्त्री लिलावल्लभ अधिकारीविरुद्ध मुद्दा नचलाइने भएको छ । उनीबाहेर ११ जनाविरुद्ध मुद्दा दर्ता भएको छ । जिल्ला प्रहरी परिसर काठमाडौँले उनलाई समेत प्रतिवादी बनाउन राय दिएको थियो । 

    जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले उनको संलग्नता नदेखिएको भन्दै मुद्दा नचलाउने निर्णय गरेको जिल्ला सरकारी वकिल कार्यालयका सहन्यायाधिवक्ता सिताराम अर्यालले जानकारी दिए । अब नक्कली कागजात बनाएर जापान गएको प्रकरणमा अधिकारीविरूद्ध मुद्दा नचल्ने भएको छ ।

    अर्यालका अनुसार सांसद अधिकारीविरुद्ध मुद्दा नचलाउने निर्णय भएको हो । अन्य ११ जनाविरूद्ध भने जिल्ला अदालत काठमाडौंमा मुद्दा दर्ता भएको छ । तीन जना फरार छन् । जापानमा हुने इन्टरनेसनल कन्फरेन्स अन ओपन एक्सेस टु कल्चर २०२४ को सात दिने कार्यक्रममा पूर्वआन्तरिक मामिला तथा कानुन मन्त्रीसमेत रहेका अधिकारीसहित चार जना कात्तिक ११ गते गएका थिए । 

    उनीसँगै गएका जनक राई, दावा शेर्पा र कञ्चन देवकोटालाई जापानको अध्यागमनले डिपोर्ट गरेको थियो । राई, शेर्पा र देवकोटाविरूद्ध अध्यागमनले ‘एक्सक्लुसन अर्डर’ पठाएको थियो । अधिकारीले जापान पुगेर आफू प्रयोग भएको थापा पाएपछि त्यहाँबाट नेपाल प्रहरीका डिआइजीहरूलाई मेसेज गरेको देखिएको सरकारी वकिलको दावी छ । 

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij