विपिन कार्की अभिनित तेल भिसाले ३ दिनमा कमायो १ करोड ३६ लाख

विपिन कार्की अभिनित तेल भिसाले ३ दिनमा कमायो १ करोड ३६ लाख

सोमवार, मंसिर १० २०८१
सोमवार, मंसिर १० २०८१
  • विपिन कार्की अभिनित तेल भिसाले ३ दिनमा कमायो १ करोड ३६ लाख

    काठमाडौं । चलचित्र ‘तेल भिसा’ ले प्रदर्शनको तीन दिनमा एक करोड बढी व्यापार गरेको छ । निर्माण पक्षका अनुसार यस चलचित्रले उत्कृष्ट व्यापार गर्दै तीन दिनभित्रै एक करोड ३६ लाख ग्रस कलेक्सन कमाइ गरेको हो ।

    विपिन कार्की मुख्य भूमिकामा रहेका यस चलचित्रमा वर्षा राउत, पूजा चन्द, ऋचा घिमिरे, बुद्धि तामाङ लगायतका कलाकारहरूको समेत अभिनय रहेको छ । चलचित्रमा केही विदेशी कलाकारहरूको पनि भूमिका छ ।

    हलमा दर्शकको अकुपेन्सी राम्रो देखिएपछि सिनेमाका मुख्य अभिनेता विपिन कार्की र अभिनेत्री ऋचा घिमिरेले काठमाडौं उपत्सकाका विभिन्न हलमा पुगेर दर्शकसँग साक्षात्कार गर्दै आइरहेका छन् ।

    वेलडन क्रियसनको व्यानरमा ऋचा घिमिरेको प्रस्तुती रहेको चलचित्रमा अनिल पाण्डे र शिवराज कार्कीको लगानी छ । प्रिन्स युवराज कार्की र श्रुती दाहाल कार्यकारी निर्माता रहेको सिनेमामा सुशन प्रजापतिको छायांकन, रामजी लामिछाने र शिशिर खातीको कोरियोग्राफी, आशिष अविरल, कल्याण सिंह र कृष्ण भारद्धाजको संगीत र अजय खड्काको सम्पादन छ । अनिल पाण्डे र शिवराज कार्कीको लगानीमा निर्माण भएको यस चलचित्रलाई शंकर घिमिरेले निर्देशन गरेका हुन् ।

    ‘तेल भिसा’ अमेरिका र नेपालमा छायांकन गरिएको हो । यो चलचित्रले अमेरिकामा रहेका नेपालीहरूले भोग्ने समस्याहरू, दुःख र चुनौतिहरूलाई पर्दामा उतारेको छ । कथा र प्रस्तुतिका कारण दर्शकहरूको मन जित्न सफल भएको चलचित्रले नेपाली डायस्पोरामाझ विशेष रुचि बटुलिरहेको छ ।

    चलचित्रको सफल प्रदर्शनसँगै यसले नेपाली चलचित्र क्षेत्रको व्यापारिक संभावना र कथा बुनाइको नवीन प्रयोगप्रति सकारात्मक संकेत दिएको छ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij