‘ह्रस्व दीर्घ’ले प्रदर्शनको ९ दिनमा कमायो ६ करोड २४ लाख रुपैयाँ

‘ह्रस्व दीर्घ’ले प्रदर्शनको ९ दिनमा कमायो ६ करोड २४ लाख रुपैयाँ

आइतवार, मंसिर ९ २०८१
आइतवार, मंसिर ९ २०८१
  • ‘ह्रस्व दीर्घ’ले प्रदर्शनको ९ दिनमा कमायो ६ करोड २४ लाख रुपैयाँ

    काठमाडौं । नीता ढुंगाना र हरिहर अधिकारी स्टारर फिल्म ‘ह्रस्व दीर्घ’ले प्रदर्शनको ९ दिन शनिबारसम्म देशब्यापी ६ करोड २४ लाख रुपैयाँ ग्रस कमाइ गरेको छ । फिल्मले दोस्रो शुक्रबार ४५ लाख र दोस्रो शनिबार ७० लाख कमाएको छ ।

    पहिलो साता विहिबारसम्म ५ करोड ५४ लाख रुपैयाँ कमाएको थियो । वितरण कम्पनी ब्यांकटेस इन्टरटेनमेन्टले फिल्मको अहिलेसम्मको कलेक्सन सार्वजनिक गरेको हो ।

    चन्द्र पन्त निर्देशित फिल्मका लागि घरेलु बक्स अफिसमा यो राहतपूर्ण कमाइ हो । यो फिल्मले अहिलेपनि हलहरुमा सन्तोषजनक अकुपेन्सीसहित कमाइ गरिरहेको छ ।

    प्रेमकथामा आधारित यो मल्टिस्टारर फिल्मलाई नेपालपछि अब विदेशमा रिलिजको तयारी छ । अहिलेसम्म फिल्मले लगानी सुरक्षित गरिसकेको निर्मात्री तथा अभिनेत्री ढुंगानाले फेसबुकमा उल्लेख गरेकी छन् ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij