इटहरीमा मोटरसाइकल दुर्घटना हुँदा दुईजनाको मृत्यु

इटहरीमा मोटरसाइकल दुर्घटना हुँदा दुईजनाको मृत्यु

आइतवार, मंसिर ९ २०८१
आइतवार, मंसिर ९ २०८१
  • इटहरीमा मोटरसाइकल दुर्घटना हुँदा दुईजनाको मृत्यु

    काठमाडौं । इटहरीमा मोटरसाइकल दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ । इलाका प्रहरी कार्यालय इटहरीका अनुसार आइतबार (आज) दिउँसो १२ बजेतिर इटहरी १७ बालग्राम चौकमा को ३६ प ५६३७ नम्बरको बुलेट मोटरसाइकललाई म्याजिकले ठक्कर दिएको हो ।

    दुर्घटनामा संखुवासभाको धर्मदेवी नगरपालिकाका ३२ वर्षीय युवराज गुरुङ र ३२ वर्षीया टीका गुरुङको मृत्यु भएको प्रहरीले पुष्टि गरेको छ । इटहरीबाट इनरुवातर्फ जाँदै गरेको म्याजिकले पकलीबाट इटहरीतर्फ आउँदै गरेको मोटरसाइकललाई ठक्कर दिएको थियो । म्याजिक नम्बर तत्काल पुष्टि भइनसकेको प्रहरीले जनाएको छ ।

    घटनामा गम्भीर घाइते भएका दुवैजनालाई उपचारका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको थियो । अस्पताल पुर्‍याउनसाथ चिकित्सकले मृत घोषित गरेका थिए । अहिले घटनास्थलको सीसी क्यामेरा हेरेर घटनामा संलग्न म्याजिकको पहिचान भइरहेको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।

     

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij