ह्रस्व दीर्घले ५ दिनमा कमायो ४ करोड २९ लाख

ह्रस्व दीर्घले ५ दिनमा कमायो ४ करोड २९ लाख

बिहिवार, मंसिर ६ २०८१
बिहिवार, मंसिर ६ २०८१
  • ह्रस्व दीर्घले ५ दिनमा कमायो ४ करोड २९ लाख

    काठमाडौं । फिल्म ‘ह्रस्व दीर्घ’ले घरेलु बक्स अफिसमा सुखद् कमाइलाई निरन्तरता दिइरहेको छ । वितरण कम्पनी ब्यांकटेस इन्टरटेनमेन्टले प्रदर्शनको पाँच दिनसम्मको कमाइ सार्वजनिक गरेको छ ।

    बक्स अफिसमा फिल्म ‘पूर्ण बहादुरको सारङ्गी’ को दबदबा कायम रहेकै बेला फिल्म ‘ह्रस्व दीर्घ’ ले पाँच दिनमा ४ करोड २९ लाख कमाई गरको निर्माण पक्षले जानकारी दिएको हो ।

    फिल्मले शुक्रबार ८० लाख कमाई गरको थियो भने शनिबार एक करोड २० लाख कमाई गरेको थियो । त्यस्तै आइतबार फिल्मले ७५ लाख ग्रस कमाई गरेको यस फिल्मले सोमबार ९० लाख कमाई गरेको छ । त्यस्तै मंगलबार फिल्मले ६४ लाख ग्रस कमाइ गरेको निर्माण पक्षले जानकारी दिएको छ ।  

    फिल्मप्रति दर्शकलाई थप आकर्षित गर्न निर्माण टिमले मुख्य कलाकार प्रदीप रावत (गजनी भिलेन) लाई काठमाडौं बोलाएको छ । उनी नेपाल आएर हलमा दर्शकहरुसँग अन्तरक्रिया गरेका छन् । फिल्ममा उनी नीताको बुबाको भूमिकामा छन् ।

    चन्द्र पन्तको निर्देशनमा बनेको फिल्ममा साउथबाट ब्रह्मानन्दम, प्रदीप रावत, सुनिल बर्मा, अली, कबीर दुहन सिंहसहित नेपाली कलाकारहरु विपना थापा, नीता ढुंगाना, हरिहर अधिकारी, सरोज खनाल, रेखा थापा, सञ्चिता लइँटेल, आदर्श मिश्र लगायतको अभिनय छ । यस फिल्मको निर्माण लागत ६ करोड रहेकोले नाफा जान भने अझै आक्रामक व्यापार गर्नुपर्ने चुनौती रहेको छ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij