तीन दिनमा ‘ह्रस्व दीर्घ’ ले कमायो २ करोड ७५ लाख

तीन दिनमा ‘ह्रस्व दीर्घ’ ले कमायो २ करोड ७५ लाख

मंगलवार, मंसिर ४ २०८१
मंगलवार, मंसिर ४ २०८१
  • तीन दिनमा ‘ह्रस्व दीर्घ’ ले कमायो २ करोड ७५ लाख

    काठमाडौं । फिल्म ‘ह्रस्व दीर्घ’ले घरेलु बक्स अफिसमा सुखद् कमाइलाई निरन्तरता दिइरहेको छ । वितरण कम्पनी ब्यांकटेस इन्टरटेनमेन्टले प्रदर्शनको तेस्रो दिनसम्मको कमाइ सार्वजनिक गरेको छ ।

    फिल्मले आइतबारसम्म २ करोड ७५ लाख गस कमाइ गरेको उक्त कम्पनीले जनाएको छ । शुक्रबार ८० लाख र शनिबार १ करोड २० लाख ग्रस कमाइ गरेको थियो । फिल्मले आइतबार ७५ लाख रुपैयाँ कमाएको छ ।

    चन्द्र पन्त निर्देशित फिल्ममा नीता ढुंगाना र हरिहर अधिकारीसहित भारतीय र नेपाली कलाकारको अभिनय छ ।

    यो फिल्मको प्रवर्द्धनको लागि भारतीय अभिनेता प्रदीप रावत यतिबेला नेपालमा छन् । उनले सोमबार काठमाडौंका विभिन्न हलमा पुगेर फिल्मको प्रचार गरे । मंगलबार नेपालगञ्ज पुगेर दर्शकलाई भेट्ने जनाइएको छ । नेपालगञ्ज हुँदै उनी भारत प्रस्थान गर्ने कार्यक्रम छ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij