कोशीमा पहिचान पक्षधर पुनः सक्रिय, १७ फागुनलाई कालो दिनका रुपमा मनाउने

कोशीमा पहिचान पक्षधर पुनः सक्रिय, १७ फागुनलाई कालो दिनका रुपमा मनाउने

सोमवार, मंसिर ३ २०८१
सोमवार, मंसिर ३ २०८१
  • कोशीमा पहिचान पक्षधर पुनः सक्रिय, १७ फागुनलाई कालो दिनका रुपमा मनाउने

    काठमाडौं । कोशी प्रदेशको पुनः नामाङ्कन गर्नुपर्नेलगायत मागसहित आन्दोलन गरिरहरेका पहिचान पक्षधर संयुक्त संघर्ष समितिले फेरि आन्दोलन सुरु गरेको छ ।

    समितिले कोशी नाम खारेज गर्न माग गर्दै १७ फागुनलाई कालो दिवशको रुपमा मनाउने भएको छ ।

    समितिले १० चैतसम्म कोशी प्रदेशको नाम खारेजी र पुनः नामाङ्कन प्रक्रिया सुरु नगरे प्रदेशसभा घेराउ, मुख्यमन्त्री कार्यालय घेराउसहित अनिश्चितकालीन हड्ताल गर्ने चेतावनी दिएको छ ।

    तत्कालीन केदार कार्की नेतृत्वको सरकारसँग सहमति भएपछि शान्तिपूर्ण गतिविधि गर्ने बताएको पहिचान पक्षधरले सार्वजनिक कार्यक्रममा प्रदेश सांसदलाई निषेधको घोषणा गरेको छ ।

    सोमबार पत्रकार सम्मेलन गर्दै प्रदेश नं. १ पुन:नामाङ्कन संयुक्त संघर्ष समितिले प्रदेशसभामा कोशी नामको पक्षमा मतदान गर्ने सांसदलाई सार्वजनिक कार्यक्रम सहभागी नगराउन र गराए प्रतिरोध गर्ने घोषणा गरेको छ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij