कोशी अस्पतालमा उपचाररत एक कैदीबन्दीको मृत्यु

कोशी अस्पतालमा उपचाररत एक कैदीबन्दीको मृत्यु

आइतवार, मंसिर २ २०८१
आइतवार, मंसिर २ २०८१
  • कोशी अस्पतालमा उपचाररत एक कैदीबन्दीको मृत्यु

    काठमाडौं । विराटनगरको कोशी अस्पतालमा उपचाररत एक जना कैदीको आइतबार मृत्यु भएको छ । जिल्ला कारागार मोरङमा कैद सजाय भुक्तान गरिरहेका विराटनगर महानगरपालिका–८ घर भएका ५५ वर्षीय महानन्द राय अमातको मृत्यु भएको हो । 

    दुवै खुट्टामा घाउ आएर पाकेपछि अमातलाई उपचारका लागि कात्तिक २१ गते साँझ अस्पतालमा लगिएको थियो । ११ दिनदेखि उपचाररत उनलाई मधुमेह, उच्च रक्तचाप र मिर्गौला सम्बन्धी पुरानै समस्या रहेको थियो । अस्पतालको आईसीयूमा राखेर उपचार गराइरहेका अमातको बिहानका राति ३ बजेतिर मृत्यु भएको हो । 

    भाडा लिएर बसेको घर खाली गर्न नमानेको र भाडा नतिरेको भन्दै अमातविरुद्ध घरधनीले मुद्दा हालेका थिए । ‘घर भाडा दिलाइ घर खाली गराइ पाउँ’भन्ने शीर्षकको मुद्दामा जिल्ला अदालत मोरङले उनलाई गत असोज १३ गते दोषी ठहर गर्दै २ वर्ष कैद सजाय हुने फैसला गरेको थियो । 

    भाडाबापत उनले घरधनीलाई ९ लाख रूपैयाँ तिर्न बाँकी रहेको ठहर अदालतले गरेको छ । जेलरका अनुसार अदालतको फैसलापछि कैद सजाय भुक्तान गरिरहेका अमातको उपचाररत अवस्थामै मृत्यु भएको हो । शवलाई परिवारका सदस्यले दाहसंस्कारका लागि लिएर गइसकेका छन् ।  

    मोरङ कारागारमा अहिले ९९ महिला र ५ जना नाबालकसहित १ हजार ९६ जना कैदीबन्दी छन् । कारागारभित्र क्षमताभन्दा अत्यधिक धेरै राखिँदा कैदीबन्दीलाई समस्या हुने गरेको छ । खान, बस्न र सुत्नसमेत ठाउँको अभाव हुँदा उनीहरुको दैनिकी निक्कै कष्टकर बनिरहेको छ । 

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij