चैत १ देखि भृकुटीमण्डपमा २५ औँ फ्लोरा एक्स्पो हुँदै

चैत १ देखि भृकुटीमण्डपमा २५ औँ फ्लोरा एक्स्पो हुँदै

मंगलवार, फाल्गुण ८ २०८०
मंगलवार, फाल्गुण ८ २०८०
  • चैत १ देखि भृकुटीमण्डपमा २५ औँ फ्लोरा एक्स्पो हुँदै

    काठमाडौं । पुष्प व्यवसायलाई प्रवर्द्धन गर्ने उद्देश्यले ‘ स्वच्छ वातावरण तथा आर्थिक समृध्दिका लागि पुष्प व्यवसाय ’ भन्ने मूल नारा साथ आगामी चैत १ गतेदेखि ४ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा ‘ २५ औं फ्लोरा एक्स्पो २०८० ’ आयोजना हुने भएको छ।

    फ्लोरिकल्चर एसोसिएसन नेपालको आयोजनामा सञ्चालन हुने प्रर्दशनीमा विभिन्न पुष्प नर्सरीर फर्मर संघ संस्थाहरू गरेर ७३ वटा स्टल रहने बताइएको छ। प्रर्दशनीमा करिब ४५० भन्दा बढी प्रकारका फुल विरुवाहरूको प्रदर्शनी तथा खरिद बिक्री हुने आयोजकले जनाएको छ ।

    एक्स्पोमा नर्सरी व्यवसायीहरूद्धारा उत्पादित आलंकारिक फूल विरुवा, मौसमी फूल, स्टल सजावट, बगैँचा सजावाट, पुष्प सजावट जस्ता उत्कृष्ट विद्याहरूमा प्रतिस्पर्धा पराउने र पुरस्कृत गरिने फ्लोरिकल्चर एसोसिएसन नेपालले जनाएको छ ।

    फूल फूल्ने तथा नफूल्ने आलंकारिक बिरुवा, कट फ्लावर, सुनाखरी, कम्पोष्ट मल, फूलको गानो बीउबिजन, ग्रीनहाउस कृषि औजार, उपकरण, प्याकेजिंगका सामाग्री, सुक्ष्म तथा थोपा सिचाई प्रविधी आधुनिक पुष्प खेती प्रविधि र जैविक विषादी लगायतका प्रदर्शनी तथा बिक्री कक्षमा राखिने आयोजकले जनाएको छ । एक्स्पो बिहान १०ः०० बजेदेखि साँझ ०५ः३० अवलोकन गर्ने पाउने छन् ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij