पूर्णबहादुरको सारङ्गीले बनायो अहिलेसम्मकै धेरै कमाउने नेपाली फिल्मको रेकर्ड

पूर्णबहादुरको सारङ्गीले बनायो अहिलेसम्मकै धेरै कमाउने नेपाली फिल्मको रेकर्ड

बुधवार, कार्तिक २८ २०८१
बुधवार, कार्तिक २८ २०८१
  • पूर्णबहादुरको सारङ्गीले बनायो अहिलेसम्मकै धेरै कमाउने नेपाली फिल्मको रेकर्ड

    काठमाडौं । चलचित्र ‘कबड्डी ४’को नाममा रहेको धेरै कमाउने सिनेमाको रेकर्ड ‘पूर्ण बहादुरको सारङ्गी’को नाममा सरकेको छ । ‘कबड्डी ४’ले लाइफटाइममा बनाएको रेकर्ड ‘पूर्ण बहादुरको सारङ्गी’ले १३ दिनमै तोडेको हो ।

    घरेलु बक्सअफिसमा १२ दिनमा ‘पूर्ण बहादुरको सारङ्गी’ले २५ करोड २ लाख रुपैयाँ ग्रसकलेक्सन गरेको छ । वितरक मनोज राठीले यो अहिलेसम्मकै नेपाली चलचित्रको सबैभन्दा धेरै ग्रसकलेक्सन भएको बताएका छन् ।

    चलचित्र ‘कबड्डी’ले २३ करोड ५० लाख रुपैयाँ कलेक्सन गरेको थियो । यो रेकर्ड ‘पूर्ण बहादुरको सारङ्गी’ले १३ दिनको छोटो अवधीमा भेटेको हो ।

    अहिले पनि ‘पूर्ण बहादुरको सारङ्गी’ ऐतिहासिक उच्च शोसहित प्रदर्शनरत छ । त्यसैले यसले कलेक्सनमा अझै धेरै करोड थप हुने निश्चित छ ।

    हालसम्म देशभर हाउसफूल अकुपेन्सीमा रहेकाले कलेक्सन थप बढ्ने निश्चित छ ।

    ‘पूर्ण बहादुरको सारङ्गी’ले गन्धर्व समुदायको कथा उठान गरेको छ छोराको प्रगतिका लागि बाबुले गर्ने संघर्ष यो चलचित्रको मुख्य कथा हो ।

    सरोज पौडेलले निर्देशन गरेको चलचित्रमा विजय बराल मुख्य भूमिकामा छन् । प्रकाश सपूत, मुकुन भुसाल, अञ्जना बराइलीलगायत कलाकार चलचित्रको मुख्य भूमिकामा छन् ।

    चलचित्रमा संवाद महेश दवाडीले लेखेका छन् । सेभेन सिस सिनेमा र बासुरी फिल्मसको प्रस्तुति रहेको सिनेमाका निर्माता विनोद पौडेल र प्याट्रिक सुवेदी हुन् ।

    कार्यकारी निर्मातामा रमेश चौलागाईं, हरि श्रेष्ठ र रमेश ढकाल छन् ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij