विवाह गर्न वडाको सिफारिस अनिवार्य

विवाह गर्न वडाको सिफारिस अनिवार्य

आइतवार, फाल्गुण ६ २०८०
आइतवार, फाल्गुण ६ २०८०
  • विवाह गर्न वडाको सिफारिस अनिवार्य

    कालीकोट । कालीकोटको एक स्थानीय तहमा विवाहका लागि वडाको सिफारिस अनिवार्य गरिएको छ । कालीकोट जिल्लाको रास्कोट नगरपालिका वडा नम्बर–४ ले विवाह गर्न वडाका सबैले अनिवार्यरूपमा सिफारिस लिनुपर्ने नियम बनाएको हो ।

    बालविवाह बढ्दै गएपछि त्यसलाई रोक्ने उद्देश्यले वडा कार्यालयले वडाको सिफारिस अनिवार्य गरेको जनाएको छ । विवाहका लागि वडाबाट सिफारिस लिँदा उनीहरुको वास्तविक जन्ममिति थाहा हुने र बालविवाह घटाउन सहयोग पुग्ने वडाध्यक्ष दिनेश सन्ज्यालले बताए ।

    बिहाहको सिफारिस लिनका लागि उमेर पुगेका युवायुवतीले जन्मदर्ता र नागरिकता साथमा ल्याउनु पर्ने व्यवस्था गरिएको सन्ज्यालको भनाई छ । कानूनमा ‘बिहेवारी बीसवर्ष पारी’ भन्ने गरिए पनि व्यवहारमा भने यो पूर्णरुपमा कार्यान्वयन हुन सकेको छैन ।

    त्यसको व्यवहारिक कार्यन्वयनका लागि सिफारिसलाई अनिवार्य बनाइएको बताइएको छ । बालविवाह हुननदिन लागि विद्यालयमा चेतनामूलक कार्यक्रम सञ्चालन गरेको र उमेर नपुग्दै विवाह हुने क्रमलाई रोक्न ज्योतिष र पण्डितलाई पनि बालबालिकासँगै सहभागी बनाएर चेतनामूलक कार्यक्रम आयोजना गर्ने गरेको वडाध्यक्षले सन्ज्यालले बताए ।  

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij