‘बेहुली फ्रम मेघौली’ हलबाट उतार्ने निश्चलको घोषणा

‘बेहुली फ्रम मेघौली’ हलबाट उतार्ने निश्चलको घोषणा

बुधवार, आश्विन ३० २०८१
बुधवार, आश्विन ३० २०८१
  • ‘बेहुली फ्रम मेघौली’ हलबाट उतार्ने निश्चलको घोषणा

    काठमाडौं । फिल्म ‘बेहुली फ्रम मेघौली’ हलबाट उतार्ने निर्माता एवं अभिनेता निश्चल बस्नेतले घोषणा गरेका छन्। उनले बिहीबारदेखि आफ्नो फिल्म कुनै पनि हलमा नरहने जानकारी दिएका हुन्।

    ‘भोलिदेखि हाम्रो फिल्म नेपालको सबै हलबाट नलगाउने निर्णय गरेका छौं,’  निश्चलले फेसबुकमा लेखेका छन्। चाँडै एसएमएस भिडिओ ओटिटी प्लेटफर्ममा रिलिज गरिने पनि उनले जानकारी दिएका छन्।

    निश्चलले नेपाली फिल्मले राम्रो प्रतिक्रिया पाइरहेको भए पनि हलले शो घटाएको भन्दै असन्तुष्टि व्यक्त गरेका थिए।

    ‘राम्रो प्रतिक्रिया, दर्शकको राम्रो साथ, राम्रो अकुपेन्सी हुँदा पनि तपाईंहरू चाहिँ त्यही हिन्दी फिल्मलाई नै शो दिइराख्नु है। म चाहिँ हलको विकल्पतिर लागे’ बस्नेतले सोमबार सामाजिक सञ्जालमा लेखेका थिए। 

    ‘बेहुली फ्रम मेघौल’  घटस्थापनाको अवसर परेर असोज १७ गते रिलिज भएको थियो। उनले अब ओटीटीको समस्या समाधान गर्दै एमएसएम भिडिओमा चाँडै भेट्ने बताएका छन् ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij