‘छक्कापञ्जा ५’ ले ५ दिनमै कमायो ८ करोडभन्दा बढी

‘छक्कापञ्जा ५’ ले ५ दिनमै कमायो ८ करोडभन्दा बढी

मंगलवार, आश्विन २९ २०८१
मंगलवार, आश्विन २९ २०८१
  • ‘छक्कापञ्जा ५’ ले ५ दिनमै कमायो ८ करोडभन्दा बढी

    काठमाडौं । फिल्म ‘छक्कापञ्जा ५’ घरेलु बक्स अफिसमा राम्राे  कमाइ गरेको छ । प्रदर्शनको सुरुको दिनदेखिनै राम्रो कमाउँदै अगाडि बढेको फिल्मले सोमबारसँग ८ करोडभन्दा बढीको व्यवसाय गरेको छ ।

    सुरुको दिनमा प्रतिस्पर्धी फिल्म भन्दा करिब डबल पाएको फिल्मले प्राप्त शोलाई अकुपेन्सीमा बदल्नुपर्ने चुनौतीलाई सजिलै पार गर्दै अगाडि बढिरहेको दाबी गरिएकाे छ । यसपटक यो फिल्मको कमाइ काठमाडौं उपत्यकासँगै मोफसलमा पनि अधिक देखिएको छ । 

    फिल्मले अस्ट्रेलिया र अमेरिकामा पनि राम्रो व्यवसाय गर्न सफल भएको निर्माण पक्षको दाबी छ । 

    दीपाश्री निरौला निर्देशित फिल्ममा दीपकराज गिरी, दीपाश्री निरौला, केदार घिमिरे, वर्षा शिवाकोटी, मेक्सम गौडेल, राजाराम पौडेल, रमेश बुढाथोकी लगायतको अभिनय छ । 

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij