काठमाडौं । नेपालले सन् २०२३ मा विभिन्न कारणबाट ४ सय ५९ विदेशी नागरिकलाई निष्कासन गरेको छ । गृह मन्त्रालयले आइतबार अध्यागमन सम्बन्धी विषयमा प्रतिनिधिसभाको राज्यव्यवस्था समितिमा छलफलका लागि पेस गरेको विवरणअनुसार यसमध्ये सबैभन्दा धेरै भिसा अवधिभन्दा बढी बस्ने पर्यटकहरु छन् ।
अघिल्लो वर्ष नेपालबाट ५ सय ७० जना विदेशी नागरिक निष्कासित भएका थिए ।
निष्कासित भएकामध्ये भिसा अवधिभन्दा बढी बस्ने पर्यटकहरूको संख्या बढी रहेको छ । सन् २०१७ मा निष्काशित हुने विदेशीको संख्या ५ सय ५९ थियो भने २०१८ मा ६ सय ७८ थियो ।
यस्तै, २०१९ मा ६ सय ७१ जना, २०२० मा ३ सय ३२ जना र २०२१ मा ३०८ जना निष्कासनमा परेका थिए ।