मध्यपुर ठिमीको कवाडी पसलमा भीषण आगलागी

मध्यपुर ठिमीको कवाडी पसलमा भीषण आगलागी

शनिवार, माघ २७ २०८०
शनिवार, माघ २७ २०८०
  • मध्यपुर ठिमीको कवाडी पसलमा भीषण आगलागी

    काठमाडौं । भक्तपुरको मध्यपुर थिमि नगरपालिका वडा नम्बर ४ कमेरोटारमा रहेको एक कवाडी सङ्कलन केन्द्रमा भीषण आगलागी भएको छ । शनिवार दिउँसो २ बजेदेखि सुरु भएको आगो नियन्त्रणको प्रयास भइरहेको जुद्ध वारुणयन्त्र कार्यालय भक्तपुरले जनाएको छ ।

    आगो नियन्त्रणका लागि जुद्ध वारुण यन्त्र कार्यालय भक्तपुरबाट २ वटा दमकल, नेपाली सेनाको दमकल र काठमाडौंबाट समेत दमकल मगाएर आगो नियन्त्रणको प्रयास भइरहेको छ । आगलागीबाट कवाडी सङ्कलन केन्द्रमा राखिएका सामग्रीहरू नष्ट भएको छ ।

    आगलागीमा मानवीय क्षति भने भएको छैन । आगलागी के कारणले भएको हो भने खुल्न बाँकी छ । आगलागीबाट कवाडी पसलमा सङ्कलन गरिएका सबै कवाडी जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij