विपद् जोखिम न्यूनीकरण माेडेल अध्ययनका लागि चाँगुनारायणका मेयर जापानमा

विपद् जोखिम न्यूनीकरण माेडेल अध्ययनका लागि चाँगुनारायणका मेयर जापानमा

मंगलवार, माघ २३ २०८०
मंगलवार, माघ २३ २०८०
  • विपद् जोखिम न्यूनीकरण माेडेल अध्ययनका लागि चाँगुनारायणका मेयर जापानमा

    भक्तपुर। चाँगुनारायण नगरपालिकाका नगर प्रमुख जीवन खत्री २ हप्ताको लागि जापान गएका छन् । जाइकाको ज्ञान सहनिर्माण कार्यक्रम अन्तर्गत जापानमा विपद् जोखिम न्यूनीकरण तथा व्यस्थापन प्रणाली तथा योजना  सम्बन्धि प्रशिक्षण तथा अध्ययन भ्रमणका लागि खत्री जापान प्रस्थान गरेका हुन् । 

    काठमाडौं उपत्यकाका १० वटा नगरपालिकाबाट १० जना, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणबाट जाइकाको परियोजना हेर्ने सम्पर्क व्यक्ति/प्रतिनिधी र संघीय मामीला तथा सामान्य प्रशासन मन्त्रालयको वातावरण तथा विपद् व्यवस्थापन महाशाखाका प्रतिनिधी गरी १२ जना जाइकाले आयोजना गरेको उक्त भ्रमणमा सहभागी भएका छन् । 

    जाइकाद्वारा संचालित काठमाडौं उपत्यकाको उत्थानशीलता बृद्धिका लागि विपद् जोखिम शासकीय  सुदृढीकरण सम्बन्धि परियोजना अन्तर्गतको यो भ्रमणमा प्रशिक्षण, अध्ययन र अन्र्तक्रिया कार्यक्रमहरु रहनेछन् । फेब्रुअरी ५ देखि १७ सम्म सञ्चालन हुने दुइहप्ते प्रशिक्षण अन्तर्गत विपद् उत्थानशील परियोजना संचालित क्षेत्रहरुमा अध्ययन र अवलोकन भ्रमण गराइनेछ । 

    Japan visit Mayor 1.jpg

    अवलोकन र अध्ययनका क्रममा जापानको विपद् जोखिम न्यूनीकरण सम्बन्धि इतिहास र विपद् जोखिम न्यूनीकरणमा जाइकाको पहल, जापानको राष्ट्रियस्तरको विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्रणाली तथा योजना, शहरी विकास तथा विपद् जोखिम न्यूनीकरणलाई विकासमा मूलप्रवाहिकरण, भूमी उपयोग प्रतिबन्ध सहित स्थान अनुकुल योजना, जोखिम मूल्यांकन, आपत्कालिन यातायात मार्ग, महानगरीय क्षेत्रमा विपद् पूर्नलाभ पूर्वतयारी, बाढी रोकथाम तथा न्यूनीकरण सम्बन्धी उपायहरुका बारेमा प्रवचन कक्षा संचालन हुनेछ । 

    विद्यालयहरुमा भूकम्पीय सुद्धीढीकरण अवलोकन लगायत विपद् उत्थानशील परियोजना सञ्चालन भएका स्थानहरुको अध्ययन भ्रमणहरु गराइनेछ । अन्त्यमा सहभागिहरुले विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन योजना तयार गरी प्रस्तुतीकरण पनि गर्नुपर्नेछ । यस प्रकारको प्रशिक्षणबाट विपद् जोखिम न्यूनीकरण सम्बन्धि ज्ञान र शिप अभिबृद्धि हुनुका साथै अनुभव आदान प्रदान हुने आयोजकको विश्वास रहेको छ । 

    नगर प्रमुख खत्रीको सहभागिताले चाँगुनारायण नगरपालिकालाई विपद् उत्थानशील चाँगुनारायण बनाउने लक्ष्यमा कोशेढुंगा सावित हुने नगरपालिकाले जनाएको छ । 

    उक्त कार्यक्रममा नगर प्रमुख खत्रीले विपद् जोखिम न्यूनीकरणमा चाँगुनारायण नगरपालिलकाको प्रयासका बारेमा पनि प्रस्तुतीकरण गर्नेछन् । 

    नगर प्रमुख खत्रीका अनुसार चाँगुनारायण नगरपालिकाले विपद् व्यवस्थापनको क्षेत्रमा विभिन्न सरकारी तथा गैह्र सरकारी संस्थाहरुसंग सहकार्य र समन्वय गरी विपद् व्यवस्थापन सम्बन्धि कार्यक्रम र गतिविधिहरु संचालन गर्दै आइरहेको छ । नगरपालिकाले मुख्य गरी भूकम्प, पहिरो, आगलागी, सडक दुर्घटनाजस्ता विपद्को जोखिम रहेको चाँगुनारायण नगरपालिकाले विपद् जोेखिम न्यूनीकरण रणनीतिक कार्ययोजना तयार गरी सोही बमोजिम बार्षिक कार्यक्रम अन्तर्गत विपद् जोखिम न्यूनीकरण सम्बन्धि कार्यहरु गर्दै आएको खत्रीले बताएका छन् । 

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij