प्रत्यारोपण केन्द्रमा १२०० वटा सफल मृगौला प्रत्यारोपण

प्रत्यारोपण केन्द्रमा १२०० वटा सफल मृगौला प्रत्यारोपण

शुक्रवार, माघ १९ २०८०
शुक्रवार, माघ १९ २०८०
  • प्रत्यारोपण केन्द्रमा १२०० वटा सफल मृगौला प्रत्यारोपण

    भक्तपुर । नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गतको शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र, भक्तपुरले ११ वर्ष अवधिमा  १२०० वटा सफल मृर्गौला प्रत्यारोपण गरी इतिहाँस रच्न सफल भएको छ । आज ३९ वर्षिया श्रीमानलाई उनकी ३४ वर्षीया श्रीमतीको दिएको मृगौला दान सँगै उक्त सफलता हाँसील गर्न सफल भएको हो ।
     
    छोटो अवधिमा यो सफलता हाँसील गर्न  केन्द्रका कार्यकारी निर्देशक साथै कलेजो तथा मृर्गौला पत्यारोपणविद् डा पुकार चन्द्र श्रेष्ठको नेतृत्वदायी भूमिका र केन्द्रका सम्पुर्ण कर्मचारीहरुको अथक मेहनत र लगनशीलताले संभव भएको कुरा  प्रत्यारोपण केन्द्रले जनाएको छ । 

    आफ्नो नाममा एक इन्च पनि कुनै जग्गा र भवन नभएको यस केन्द्रले नेपालको प्रत्यारोपणको ८० प्रतिशत हिस्सा ओगटेको छ । स्थापनाको ११ वर्षमा १२०० वटा मृर्गैला र १८ जनाको कलेजो प्रत्यारोपण ९९ प्रतिशत सफलताका साथ गरेको केन्द्रले २०८० मा मात्र १० जनाको कलेजो प्रत्यारोण गरी सकेको छ भने आगामी साता थप २ जानाको कलेजो प्रत्यारोपण गर्ने तयारी पुरा गरेको केन्द्रका कार्यकारी निर्देशक डा पुकार चन्द्र श्रेष्ठले बताए ।

    नेपालमै पहिलो पटक कलेजो प्रत्यारोपण, मस्तिस्क मृत्यु भएको व्यक्तिबाट मृर्गौला तथा कलेजो प्रत्यारोपण गरेको केन्द्रले देशको सात वटै प्रदेशमा प्रत्यारोपण तथा डाइलाइसि सेवा विस्तार गर्ने  नेपाल सरकारको योजनामा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको छ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij