भक्तपुर । भक्तपुर क्षेत्र नं २ का संघीय सांसद् एवं नेपाली कांग्रेस भक्तपुरका सभापति दुर्लभ थापालाई मातृ शोक परेको छ । थापाकी ममतामयी माता ८३ बर्षीयाअम्बिका थापाको विहीबार बिहान सात वजे मध्यपुर अस्पतालमा उपचारका क्रममा निधन भएको हो ।
थापा लामो समयदेखि दमको रोगबाट पिडित हुनुहुन्थ्यो । स्व.थापाको आजै पशुपति आर्यघाटमा दाह सस्कार गरिने पारिवारिक श्रोतले जनाएको छ ।
स्व. थापालाई अन्तिम श्रद्धाञ्जली दिन नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, महामन्त्री गगन कुमार थापा लगायत पशुपति जाने बताइएको छ ।