भक्तपुर आयुर्वेद तथा बैकल्पिक चिकित्सालयमा सबै उपचार निःशुल्क

भक्तपुर आयुर्वेद तथा बैकल्पिक चिकित्सालयमा सबै उपचार निःशुल्क

शुक्रवार, आषाढ १४ २०८१
शुक्रवार, आषाढ १४ २०८१
  • भक्तपुर आयुर्वेद तथा बैकल्पिक चिकित्सालयमा सबै उपचार निःशुल्क

    भक्तपुर ।  भक्तपुर आयुर्वेद तथा बैकल्पिक चिकित्सालयले सबै खाले उपचार सेवा निःशुल्क रुपमा उपलव्ध गराउँदै आएको छ ।  चिकित्सालयले पछिल्लो समय अकुपञ्चर, फिजियोथेरापीको सेवा निःशुल्क रुपमा उपलव्ध गराउँन थालेको हो । सेवा थप गरेसंगै केन्द्रमा उपचार गर्न आउँने बिरामीको संख्या बढ्न थालेको छ । 

    केन्द्रले आयोजना गरेको पत्रकार अन्तरक्रियामा बोल्दै उत्त्तम ठकुरीका अनुसार चालु आर्थिक बर्षको असार १४ गतेसम्ममा २४ हजार ७४ जना विरामीले ओपिडी सेवा लिएका छन् । गत आर्थिक वर्षमा यो सेवा लिनेको संख्या१९ हजार ८ सय ८० थियो । 

    press meet bhatapur 1.jpg

    चिकित्सालयले ओपिडि सेवा बाहेक स्तनपायी आमा, मुख्यमन्त्री जनता स्वास्थ्य कार्यक्रमसहित नसर्ने रोगको पहिचानका लागि स्क्रिनिङ, योग साधनालगायतका सेवा समेत प्रदान गर्दै आइरहेको छ । केन्द्रले चालु आर्थिक वर्षमा ३० हजार भन्दा बढी जनालाई त्यस्तो सेवा प्रदान गरेको जनाइएको छ ।

    ठकुरीका नियमित सेवा अन्तर्गत बहिरंग सेवामा विशेषज्ञ आयुर्वेद चिकित्सकद्धारा बिरामी जाँच र परामर्श सेवा, पुर्वकर्म÷पञ्चकर्म सेवा अन्तर्गत हाडजोर्नी तथा नशा रोग, दम, पिनाश, टाउको दुखाई, माईग्रेन, अनिन्द्रा, तनाव, उच्चरक्तचाप लगायतका सेवा प्रदान गर्दै गर्ने गरिएको बताए । 

    त्यसैगरी प्याथोलोजी ल्यावमा रगत, दिसा, पिसाव, खकार, वीर्यको परीक्षण, स्तनपायी आमा कार्यक्रम अन्तर्गत ६ महिनाभित्रका सुत्केरी आमालाई दुग्धवर्धक औषधिका साथै आवश्यक परामर्श सेवा, ज्येष्ठ नागरिक स्वास्थ्य प्रवद्र्धन सेवा अन्तर्गत ज्येष्ठ नागरिकहरुका लागि विशेष स्वास्थ्य सेवा प्याकेज प्रदान गर्दै आएको केन्द्रले जनाएको छ ।
    केन्द्र बाहेक भक्तपुरमा तीन वटा आयुर्वेद औषधालय र तीन वटा नागरिक आरोग्य सेवा केन्द्रमार्फत आयुर्वेद स्वास्थ्य सेवा उपलब्ध गराउँदै आएको जनाएको छ । 

    ठकुरीका अनुसार चाँगुनारायण नगरपालिका वडा न। ७ बोगश्वरी, सूर्यविनायक नगरपालिका १० चितापोल र भक्तपुर नगरपालिका वडा न। ६ चोछेँमा नागरिक आरोग्य सेवा केन्द्रमार्फत सेवा प्रदान गर्ने गरिएको छ । त्यस्तै केन्द्र अन्तर्गतका आयुर्वेद औषधालय मध्यपुर थिमि वडा नं.१ लोहकिल्थली, खरिपाटी आयुर्वेद औषधालय चाँगुनारायण नगरपालिका ५, खरिपाटी र जिल्ला आयुर्वेद तथा बैकल्पिक चिकित्सालय कमलविनायकबाट आयुर्वेद स्वास्थ्य सेवा उपलब्ध गराउँने गरेको ठकुरीले बताए ।

     भक्तपुरमा आयुर्वेद अस्पताल सञ्चालनका लागि जग्गाको व्यवस्थापनमा समस्या भइरहेको जनाइएको छ  भने जग्गाको व्यवस्था हुनासाथ बागमती प्रदेश सरकारले अस्पतालको भवन निर्माण अघि बढाउने जनाएका छन् । 

    bhat.jpg

    चिकित्सालयमाबिरामीको चापको तुलनामा भाडाको घरमा कार्यालय राख्दा ज्यादै साँघुरो भएको भन्दै आफ्नै भवन भए अझ बढी सरल र सहज वातावरणमा सेवा प्रदान गर्न सकिने बताएका थिए । 

    कार्यक्रममा प्रमुख जिल्ला अधिकारी रोशनी कुमारी श्रेष्ठ, नेपाल पत्रकार महासंघ भक्तपुरका अध्यक्ष जगत कृष्ण प्रजापती, सल्लाहकार रमेश गिरी, सचिव संजीव शुभचिन्तकरेडियो जनसञ्चारका सुरेश सायजू, लगायतले सल्लाह सुझाव दिएका थिए ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij