भक्तपुरमा टिपरको ठक्करबाट नेपालको मृत्यु

भक्तपुरमा टिपरको ठक्करबाट नेपालको मृत्यु

शुक्रवार, माघ १२ २०८०
शुक्रवार, माघ १२ २०८०
  • भक्तपुरमा टिपरको ठक्करबाट नेपालको मृत्यु

    भक्तपुर । टिपरको ठक्करबाट भक्तपुरमा मोटरसाइकल चालकको मृत्यु भएको छ। बिहीबार राति साढे  ९ बजे तीनकुने-सुर्यबिनायक सडक खण्डको राधेराधेमा बा ३ क १७४५ नम्बरको टिपरले काठमाडौंबाट भक्तपुर जाँदै गरेको बाग्मती प्रदेश ०२-०३५ प ८०८३ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो।

     

    टिपरको ठक्करबाट गम्भीर घाइते भएका मोटरसाइकल चालकको राती नै मध्पुर अस्पतालमा मृत्युु भएको प्रहरीले जनाएको छ । मृत्युु हुनेमा सिन्धुपाल्चोकको बलेफी गाउँपालिका-५ का ४३ वर्षीय उद्वव प्रसाद नेपाल रहेका छन् ।
    टिपर चालक मकवानपुरको मनहरी गाउँपालिका-१ घर भइ काठमाडौंको बौद्ध बस्ने ३५ वर्षीय बोलमान वाइबालाई प्रहरीले नियन्त्रणमा लिएर थप अनुसन्धान अघि बढाएको छ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij