भक्तपुरको मोटरसाइकल दुर्घटनामा एक युवाको मृत्युु

भक्तपुरको मोटरसाइकल दुर्घटनामा एक युवाको मृत्युु

बुधवार, माघ १० २०८०
बुधवार, माघ १० २०८०
  • भक्तपुरको मोटरसाइकल दुर्घटनामा एक युवाको मृत्युु

    भक्तपुर । भक्तपुरमा भएको मोटरसाइकल दुर्घटनामा एक युवाको ज्यान गएको छ । दुर्घटनामा परेर गम्भीर घाइते सूर्यविनायक नगरपालिका-६ पाण्डुबजार बस्ने २० बर्षीय ओम केसीको मृत्युु भएको हो । मंगलबार साँझ ६ः३० बजेको समयमा भक्तपुर नगरपालिका-१ चुनदेबी आकाशे पुल नजिक सल्लाघारीबाट सूर्यविनायकतर्फ आँउदै गरेको माृटरसाइकल र स्कुटी ठोक्किएका थिए । 


    बागमति प्रदेश ०२-०२२ प ८७३२ नं.को मोटरसाईकले सोही दिशातर्फ जाँदै गरेको बागमती प्र ०२-०२१ प ९०३२  नं. को स्कुटीलाई ठक्कर दिदा मोटरसाइकल चालक केसी गम्भिर घाइते भएका थिए । मध्यपुर अस्पताल ठिमीमा उपचारकै क्रममा रातीनै केसीको मृत्यू भएको प्रहरीले जनाएको छ। केसीको शवलाई पोष्टमाटर्मको लागी भक्तपुर अस्पतालमा राखिएको छ।  

    स्कुटी चालक सिन्धुपाल्चोक मेलम्ची  नगरपालिका-९ घर भई हाल काठमाण्डौ कपन बस्ने बर्ष २६ को रोशन तामाङलाई प्रहरी वृत्त जगाती भक्तपुरको नियन्त्रणमा राखिएको छ । प्रहरी वृत्त जगातीबाट अनुसन्धान अधिकृत सहितको प्रहरी टोली खटिई घटनास्थलको प्रारम्भिक अनुसन्धान कार्य शुरू गरिएको प्रहरीले जनाएको छ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij