आजदेखि भ्रमण र पर्यटक भिसामा विदेश जान नयाँ नीयम, के के कागजात चाहिन्छ ?

आजदेखि भ्रमण र पर्यटक भिसामा विदेश जान नयाँ नीयम, के के कागजात चाहिन्छ ?

बुधवार, माघ १० २०८०
बुधवार, माघ १० २०८०
  • आजदेखि भ्रमण र पर्यटक भिसामा विदेश जान नयाँ नीयम, के के कागजात चाहिन्छ ?

    काठमाडौं । सरकारले आजदेखि भ्रमण र पर्यटक भिसामा विदेश जान नयाँ नीयम लागु गरेको छ । भ्रमण र पर्यटकीय भिसामा विदेश जानेलाई प्रस्थान अनुमति दिने प्रक्रियालाई सरल बनाएको सरकाले जनाएको छ । यसअघि २०७८ फागुन २५ गते जारी भएको नेपाल सरकार गृह सचिवस्तरको निर्णय खारेज गर्दै गृह मन्त्रालयले नयाँ ६ बुँदे कार्यविधि जारी गरेको हो । 

    यस्तो छ भिजिट भिसामा भ्रमण अनुमति सम्बन्धि कार्यविधि ?

    १, ६ महिनाको वैध अवधि भए‌को राहदानी ।

    २, गन्तव्य देशको प्रवेषाज्ञा भिसा वा अन अराइभल भिसा प्राप्त हुने मुलुक भए प्रवेषाज्ञा नचाहिने।

    ३, दुईतर्फी हवाई टिकट ।

    ४, भ्रमण अवधिभर होटल बुकिङ गरेको प्रमाण वा होटल बुकिङ नभई आफन्तसँग रहने भएमा एकाघरका तीन पुस्ताभित्रको नाता खुल्ने नागरिकता प्रमाणपत्र वा अन्य कुनै प्रमाणपत्र ।

    ५, भ्रमणको सम्पूर्ण खर्च बेहोर्ने सरकारी तथा गैरसकारी संस्थाको निमन्त्रणापत्र वा सो नभएमा कम्तीमा पाँच सय अमेरिकी डलर बराबरको नगद सटही भएको प्रमाण नगद वा डेविट र क्रेडिट कार्ड।

    ६, संयुक्त अरब इमिरेटस्, बहराइन, कुवेत, कतार, ओमन र साउदी अरेबियामा भिजिट भिसामा भ्रमण गर्दा स्वःघोषणा गर्नुपर्ने छ । स्वःघोषणामा संलग्न विवरणको प्रमाणको भार बर्डेन अफ प्रुफ सम्बन्धित व्यक्तिमा रहने छ । स्वघोषणाको ढाँचा विभागले निर्धारण गरेबमोजिम हुने छ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij