मर्मतपछि नेपाल एयरलाइन्सको वाइड बडी नियमित उडानमा

मर्मतपछि नेपाल एयरलाइन्सको वाइड बडी नियमित उडानमा

बिहिवार, माघ ४ २०८०
बिहिवार, माघ ४ २०८०
  • मर्मतपछि नेपाल एयरलाइन्सको वाइड बडी नियमित उडानमा

    काठमाडौँ । नेपाल एयरलाइन्सको वाइड बडी जहाज मर्मतपछि नियमित उडानमा फर्किएको छ । सोमबारदेखि ग्राउण्डेड सो जहाजको प्राविधिक मर्मतपछि आजदेखि नियमित उडानमा आएको हो ।

    निगमका प्रवक्ता रमेश पौडेलका अनुसार सोमबार काठमाडौँ–दोहा उडानको तयारीमा रहेको सो जहाजको ‘फ्लाइट कन्ट्रोल सेन्सर’मा समस्या देखिएपछि ग्राउन्डेड भएको थियो । जहाजको आवश्यक पार्टपुर्जा बेलायतबाट ल्याएर मर्मत गरिएको बताइएको छ ।

    वाइडबडी जहाज मर्मतपछि अपरान्ह ४ बजे दुई सय ६७ यात्रु लिएर दुबईका लागि उडेको निगमका प्रवक्ता पौडेलले जानकारी दिए । निगमको अन्तर्राष्ट्रिय उडानका लागि दुई न्यारो बडी र दुई वाइड बडी जहाज रहेको नेपाल एयरलाइन्सको एउटा न्यारो बडी जहाज मर्मतका लागि इजरायल पठाइएको छ । दुुई वटा जहाजमा समस्या आएपछि टिकट काटेर बिदेश जान ठिक्क परेका यात्रु अलपत्र परेका थिए । 

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij