बिपी राजमार्गमा बस र सुमो ठोक्किँदा सात जना घाइते

बिपी राजमार्गमा बस र सुमो ठोक्किँदा सात जना घाइते

बिहिवार, बैशाख ६ २०८१
बिहिवार, बैशाख ६ २०८१
  • बिपी राजमार्गमा बस र सुमो ठोक्किँदा सात जना घाइते

    काठमाडौं । बिपी राजमार्ग अन्तर्गत काभ्रेपलान्चोकको नमोबुद्ध नगरपालिका –२ बेलामा बिहीबार बिहान सवारी दुर्घटना हुँदा सात जना यात्रु घाइते भएका छन् । भकुण्डेबाट धुलिखेल जाँदै गरेको बा ३ ख ८१५५ नम्बरको बस र धुलिखेलबाट भकुन्डेतर्फ जाँदैगरेको ना १ ज ४३७७ नम्बरको सुमो एकापसमा ठक्कर खाई दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय काभ्रेपलान्चोकले जनाएको छ । 

    दुर्घटनामा सुमोमा सवार १० जनामध्ये चालकसहित सात यात्रु घाइते भएको प्रहरीले जनाएको छ । दुर्घटनाका घाइतेहरूको धुलिखेल अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । 

    दुर्घटनामा महोत्तरीको बर्दिबास बस्ने वर्ष ५२ की रासुदेवी महरा, महोत्तरी बर्दिबास बस्ने वर्ष ४८ कि सुमिन्द्रदेवी, महोत्तरी ३ बस्ने ३९ की दुर्गा बराइली, सर्लाही, लालबन्दी बस्ने ३५ वर्षकी सबिना थपलिया, सर्लाही लालबन्दी बस्ने  सविना थपलियाको छोरी वर्ष ८ की सन्हया थपलिया,  महोत्तरीका सुमन बिक र चालक जिल्ला धनुषा यज्ञभुमि नगरपालिका –८ बस्ने वर्ष ५५ को बिषेश्वर बुर्गामगर घाइते हुनुभएको प्रहरीले जनाएको छ । 

    घाइतेहरूको निधार, मुख र हातमा चोट रहेको अस्पतालले जनाएको छ । 

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij