पाँच सय १२ जनाले लिए हिमाल चढ्ने अनुमति, सगरमाथामा मात्रै २०९ जना

पाँच सय १२ जनाले लिए हिमाल चढ्ने अनुमति, सगरमाथामा मात्रै २०९ जना

बिहिवार, चैत्र २९ २०८०
बिहिवार, चैत्र २९ २०८०
  • पाँच सय १२ जनाले लिए हिमाल चढ्ने अनुमति, सगरमाथामा मात्रै २०९ जना

    काठमाडौं । हिमाल चढ्ने मौसम सुरु भएसँगै पाँच सय १२ जनाले आरोहणको अनुमति लिएका छन् । विभिन्न १९ हिमाल आरोहणका लागि ५ सय १४ जनाले अनुमति लिएको पर्यटन विभागले जनाएको हो । 

    अनुमति लिएका मध्ये ३९६ जना पुरुष र ११६ जना महिलाहरुको ५५ वटा टोलीले हिमाल आरोहण गर्ने विभागले जनाएको छ । पर्यटकहरुले सगरमाथा, अन्नपूर्ण १, हिमलुङ, जुगल ३, अमा दब्लम, पुथा हिमचुली, खाङ्ग्री सार, कञ्चनजंगा, धौलागिरी, तेङ्गपोचे, तेङ्कोमा, मकालु, लोत्से, जुगल १, जुगल ५, जुगल २, पुमोरी, लिङट्रेन, थोराङ पिक लगायतका हिमालमा आरोहणका लागि अनुमति लिएको विभागको तथ्यांकमा जनाइएको छ । 

    विश्वको सर्वोच्च शिखर मानिने सगरमाथा आरोहणका लागि सर्वाधिक २०९ जनाले अनुमति लिएका छन् । अनुमति लिएकामध्ये १७० जना पुरुष र ३९ जना महिला रहेको विभागले जनाएको छ । त्यस्तै, अमा दब्लमका लागि ६६ जना, ल्होत्सेका लागि ५५ जना, मकालु ‘क’ का लागि ४५ जना, कञ्चनजंघाका लागि ३१ जना आरोहीले आरोहणको अनुमति लिएको विभागले जनाएको छ । 

    हिमाल आरोहण गर्ने सो आरोहीहरुबाट सरकारले ३४ करोड ४३ लाख रुपैयाँ रोयल्टी संकलन गरेको छ । जसमध्ये सगरमाथाका आरोहीहरुबाट मात्रै २९ करोड ७५ लाख रुपैयाँ संकलन गरिएको विभागले जनाएको छ । त्यस्तै, ल्होत्सेका आरोहीबाट १ करोड ३१ लाख रुपैयाँ, मकालु ‘क’ का आरोहीबाट १ करोड ७ लाख रुपैयाँ रोयल्टी संकलन भएको छ । 

    ८ हजार मिटर माथिका विश्वका १० हिमालमध्ये ८ वटा नेपालमा पर्छन् । जसका कारण नेपाल विदेशी पर्यटकका लागि उत्कृष्ट गन्तब्यको रुपमा चिनिने गरेको छ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij