सार्वजनिक यात्रुवाहक सवारीको दर्ता खुला, तर काठमाडौंमा होइन

सार्वजनिक यात्रुवाहक सवारीको दर्ता खुला, तर काठमाडौंमा होइन

बुधवार, भाद्र ३१ २०८३
बुधवार, भाद्र ३१ २०८३
  • सार्वजनिक यात्रुवाहक सवारीको दर्ता खुला, तर काठमाडौंमा होइन

    काठमाडौँ, ३१ भदौः यातायात व्यवस्था विभागले निश्चित सीमा तोकेर सार्वजनिक यात्रुवाहक सवारीसाधनको दर्ता खुला गरेको छ। नयाँ व्यवस्थाअनुसार असोज १ गतेदेखि काठमाडौँ उपत्यकाबाहिर सञ्चालन हुने सार्वजनिक यात्रुवाहक सवारीसाधन दर्ता गर्न पाइनेछ।

    विभागले भदौ ३० गते सातवटै प्रदेशका पूर्वाधारसम्बन्धी मन्त्रालयलाई पत्राचार गर्दै रुट तथा सवारीसाधन व्यवस्थापनका लागि दर्ता खुला गरिएको जानकारी दिएको हो। दर्ताका क्रममा विद्युतीय सार्वजनिक यात्रुवाहक सवारीसाधनलाई प्राथमिकता दिइने विभागले जनाएको छ।

    विभागका निर्देशक मणिराम भुसालका अनुसार काठमाडौँ उपत्यकाभित्र भने सबै प्रकारका सार्वजनिक यात्रुवाहक सवारीको दर्ता खुला गरिएको छैन। उपत्यकामा स्कुल बस र सट्टाभर्नाका सवारीसाधनको हकमा मात्र दर्ता खुला गरिएको उनले बताए।

    यसअघि विभागले नेपालमा पैठारी हुने सार्वजनिक सवारीसाधनको दर्ता अर्को सूचना जारी नभएसम्म रोक्का गरेको थियो। विभागले गत साउन १८ गते सूचना जारी गर्दै मालवाहक सवारीसाधनको दर्ता भने खुला गरिसकेको थियो।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij