१० स्वर्णसहित अरनिको माविले जित्यो सूर्यविनायक मेयर कप कराते

१० स्वर्णसहित अरनिको माविले जित्यो सूर्यविनायक मेयर कप कराते

सोमवार, भाद्र २९ २०८३
सोमवार, भाद्र २९ २०८३
  • १० स्वर्णसहित अरनिको माविले जित्यो सूर्यविनायक मेयर कप कराते

    भक्तपुर । सूर्यविनायक नगरपालिका नगर खेलकुद विकास समितिको आयोजनामा भएको सूर्यविनायक मेयर कप कराते च्याम्पियनसिप–२०८३ सम्पन्न भएको छ। प्रतियोगितामा १० स्वर्ण, ६ रजत र २ कास्य पदक जित्दै अरनिको माध्यमिक विद्यालय टिम च्याम्पियन बनेको छ।

    टिम च्याम्पियन अरनिको माध्यमिक विद्यालयले नगद २० हजार रुपैयाँ पुरस्कार प्राप्त गरेको छ। प्रतियोगितामा दधिकोट डोजोले ५ स्वर्ण, ४ रजत र ३ कास्य पदकसहित दोस्रो स्थान हासिल गर्दै १५ हजार रुपैयाँ पुरस्कार पाएको छ।

    त्यस्तै ब्लुबर्ड स्कुलले २ स्वर्ण, १७ रजत र ५ कास्य पदक जित्दै तेस्रो स्थान हासिल गरेको छ। ब्लुबर्डले १० हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गरेको छ।

    प्रतियोगितामा दधिकोट डोजोका प्रविन तामाङ उत्कृष्ट पुरुष खेलाडी घोषित भए। अरनिको माध्यमिक विद्यालयकी पूजा दास श्रेष्ठ उत्कृष्ट महिला खेलाडी बनिन्। उत्कृष्ट खेलाडी दुवैले जनही ५ हजार रुपैयाँ पुरस्कार प्राप्त गरे।

    यसैगरी दधिकोट डोजोका आदन धोजु उत्कृष्ट उदयमान पुरुष खेलाडी तथा ई–किट्सकी तेजस्वी सिजखु उत्कृष्ट उदयमान महिला खेलाडी घोषित भए। दुवैले जनही ३ हजार रुपैयाँ नगद पुरस्कार पाए।

    WhatsApp Image 2.jpeg

    प्रतियोगिताको समापन समारोहमा सूर्यविनायक नगरपालिका–८ का वडाध्यक्ष पुष्पराज बस्नेत प्रमुख अतिथि थिए। कार्यक्रममा नेपाल सितेरियो संघका केन्द्रीय सदस्य राधिका देउला, नेपाल सितेरियो कराते संघ भक्तपुरका अध्यक्ष राजन चित्रकार, सूर्यविनायक नगर सितेरियो कराते संघका अध्यक्ष कृष्णराम ज्याकीलगायत कराते क्षेत्रसँग आबद्ध व्यक्तिको सहभागिता थियो।

    प्रतियोगितामा सूर्यविनायक नगरपालिकाका विभिन्न विद्यालय तथा डोजोबाट १९० जना खेलाडी सहभागी भएका थिए। आयोजकले प्रतियोगिताका विजेता तथा सहभागी खेलाडीलाई बधाई दिँदै खेलकुदमार्फत युवाको क्षमता विकास र अनुशासन निर्माणमा यस्ता प्रतियोगिताले महत्वपूर्ण भूमिका खेल्ने जनाएको छ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij