भोटेकोशी बाढीः एक हजार ३९२ जनाको शव फेला, चार हजार ८९ अझै बेपत्ता

भोटेकोशी बाढीः एक हजार ३९२ जनाको शव फेला, चार हजार ८९ अझै बेपत्ता

सोमवार, भाद्र २९ २०८३
सोमवार, भाद्र २९ २०८३
  • भोटेकोशी बाढीः एक हजार ३९२ जनाको शव फेला, चार हजार ८९ अझै बेपत्ता

    काठमाडौं । भोटेकोशी बाढीमा परी मृत्यु भएकामध्ये हालसम्म एक हजार ३९२ जनाको शव फेलापरेको छ । बाढीमा परी अझै चार हजार ८९ जना सम्पर्कविहीन छन् ।

    प्रहरी प्रधान कार्यालय नक्सालले सार्वजनिक गरेको पछिल्लो विवरणअनुसार फेलापरेका शवमध्ये ५४२ पुरुष, ३३६ महिला तथा ५१४ वटा शव आंशिक अङ्गसहितका छन् । भेटिएका शवमध्ये हालसम्म १०३ शव आफन्तलाई हस्तान्तरण गरिएको प्रहरीले जनाएको छ ।

    नेपाल प्रहरीका प्रवक्ता अविनारायण काफ्लेका अनुसार अझै सम्पर्कविहीन रहेकामध्ये स्वदेशीतर्फ दुई हजार ९०७ पुरुष र ५७२ महिला रहेका छन् । यस्तै, विदेशी नागरिकतर्फ २७२ पुरुष, ३२८ महिला सम्पर्कविहीन रहेको प्रहरीले जनाएको छ ।

    बाढीपछि हालसम्म नौ हजार २८७ जना घाइतेको उद्धार गरिएको छ । जसमा पुरुष छ हजार ४०७, महिला दुई हजार ८३० र पहिचान नखुलेका ५० जना रहेका प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

    उद्धार गरिएकामध्ये दुई हजार ७८१ जनालाई सुरक्षित रूपमा होल्डिङ सेन्टरमा राखिएको प्रवक्ता काफ्लेले जानकारी दिए । बेपत्ता व्यक्तिको पहिचान तथा फेलापरेका शवको सनाखत गर्न डिएनए परीक्षणलाई प्राथमिकता दिइएको छ ।

    भोटेकोशी बाढीपछि ठूलो मानवीय क्षति भएको छ । बेपत्ताको खोजी, उद्धार, शवको पहिचान तथा व्यवस्थापनका लागि नेपाल प्रहरीसहित नेपाली सेना, सशस्त्र प्रहरी बल र सम्बन्धित सरकारी निकाय प्रभावित क्षेत्रमा परिचालित छन् ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij