एक लाखबढीले गरे भक्तपुर महोत्सवको अवलोकन, आज कुन कुन कलाकार आउँदै

एक लाखबढीले गरे भक्तपुर महोत्सवको अवलोकन, आज कुन कुन कलाकार आउँदै

बिहिवार, चैत्र २९ २०८०
बिहिवार, चैत्र २९ २०८०
  • एक लाखबढीले गरे भक्तपुर महोत्सवको अवलोकन, आज कुन कुन कलाकार आउँदै

    भक्तपुर । आठौं भक्तपुर औद्योगिक साँस्कृतिक पर्यटन तथा व्यापार महोत्सवको पहिलो सात दिनमा एक लाख भन्दा धेरै दर्शकले अवलोकन गरेका छन् ।

    आयोजक औद्योगिक शान्ति नेपाल संस्थाका अध्यक्ष शन्दीप महतका अनुसार, चैत्र २२ गतेदेशि शुरु भएको मेलामा एक लाख बढी दर्शकले सहभागिता जनाई सकेको छन् । सातौं दिनसम्म आइपुग्दा सहभागीता उत्साहजनक रहेको महतको भनाई छ । मंगलबार भक्तपुरको प्रसिद्ध बिस्काः जात्रा सुरु भएकाले अबका दिनका महोत्सव अवलोकन गर्ने आउनेको संख्यामा वृद्धि हुने आयोजकहरुको अपेक्षा छ ।

    mela.jpg

    त्यसैगरी बिद्यालयको अन्तिम परिक्षा सकिएर बिदा भएको र नयाँ वर्षसमेत रहेकाले अवका चार दिनमा थप एक लाखबढीले मेलाको अवलोकन गर्ने अपेक्षा गरिएको मेला आयोजक समितिका संयोजक एवं जिल्ला खेलकुद विकास समितिका निवर्तमान अध्यक्ष दिपक थापाले बताए । मेलामा आज विहिबार गायीका अस्मिता अधिकारी, गायक कुलेन्द्र विश्वकर्मा, दुर्गेश थापा, श्रीकृष्ण बम मल्लगायतका कलाकारहरुको विशेष प्रस्तुति रहने सह आयोजक संस्था मध्यपुर ब्वाइज ब्यान्डका सुनिल बज्राचार्यले बताए ।

    बज्राचार्यका अनुसार मेलामा दैनिक रुपमा राष्ट्रियस्तरका कलाकारले सांस्कृतिक प्रस्तुती दिदै आएका छन् । त्यस क्रममा सात दिनमा तीन दर्जन कलाकारले सांगीतिक प्रस्तुती दिइसकेको बज्राचार्यका भनाई छ । मेला अन्तर्गत नृत्य प्रतीयोगीता समेत सञ्चालन गरिएको छ भने बैशाख ३ गते नेपाली भाषी भारतीय गायक विपुल क्षेत्रीको विशेष सांगीतिक कार्यक्रम हुने जनाइएको छ । 

    mahotsab.jpg
    नयाँ वर्ष र बिस्काः जात्राको अवसर पारेर विगत एक दशकदेखि आयोजना हुंदै आएको मेलामा कृषि, पर्यटन, दैनिक जीवनका उपभोग्य सामाग्री, लत्ताकपडा, अटोमोवाइल्स्, जुत्ता, हस्तकलाका सामाग्री लगायतको करिव २ सय स्टल रहेका छन् । महोत्सव आयोजक समितिका संयोजक दीपक थापाका अनुसार, मेलामा बिक्री गरिने त्यस्ता सामाग्रीमा २० देखि ५० प्रतिशतसम्म छुट दिने व्यवस्था मिलाइएको छ ।

    महोत्सवमा बालबालिका, युवा, युवतिको मनोरञ्जनका लागि बाल उद्यान, रोटेपिङ, ब्रेकडान्स लगायत विभिन्न खेल खेल्ने व्यवस्था मिलाइएको छ । सल्लाघारीस्थित तीनकुने चौरमा बैशाख २ गतेसम्म संचालन हुने मेलामा ज्येष्ठ नागरिकलाई निःशुल्क प्रवेशको व्यवस्था मिलाइएको छ भने विद्यार्र्थीलाई.५० र सर्वसाधरणलाई.७० रुपैंयाको टिकट लाग्ने संयोजक थापाले बताए । 

     

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij