रोल्पामा पहिरोमा परेर ज्यान गुमाउनेको सङ्ख्या १६ पुग्यो

रोल्पामा पहिरोमा परेर ज्यान गुमाउनेको सङ्ख्या १६ पुग्यो

शनिवार, श्रावण ३० २०८३
शनिवार, श्रावण ३० २०८३
  • रोल्पामा पहिरोमा परेर ज्यान गुमाउनेको सङ्ख्या १६ पुग्यो

    काठमाडौं । रोल्पाको थबाङमा गएको बुधवार बेलुकी खसेको पहिरोमा परेर बेपत्ता भएका थप १ जनाको शव प्यूठानमा फेला परेको छ ।

    प्यूठानको सरुमारानी गाउँपालिका–२ मा रहेको राप्ती नदीको बीच भागमा फेला परेको शव थबाङ गाउँपालिका–५ कोटलबाराका ८० वर्षीय अजम्बर पुन मगरको भएको पुष्टि भएको हो ।

    यससँगै थबाङ पहिरोमा परेका १३ मध्ये १२ जनाको शव फेला परिसकेको छ भने ९ वर्षीय अशिम पुन मगर अझै बेपत्ता छन् । पहिरोमा घाइते भएका २ जनाको बुटवलमा उपचार भइरहेको छ ।

    बुधवार लेदोसहित खसेको विनाशकारी पहिरोले कोटलबारा गाउँका १३ वटा संरचना पूर्णरूपमा नष्ट गरेको थियो ।

    यस्तै रोल्पाकै सुनछहरी गाउँपालिकामा गएकाे बिहीवार गएको पहिरोमा ४ जनाको ज्यान गएको थियो । रोल्पामा पहिरोमा परेर २ दिनमै १६ जनाको ज्यान गएको छ भने १ जना हराइरहेका छन् ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij