काठमाडौंका पाँच स्थानबाट आज ग्यास बिक्री, नागरिकता वा राष्ट्रिय परिचयपत्र अनिवार्य

काठमाडौंका पाँच स्थानबाट आज ग्यास बिक्री, नागरिकता वा राष्ट्रिय परिचयपत्र अनिवार्य

शनिवार, श्रावण ३० २०८३
शनिवार, श्रावण ३० २०८३
  • काठमाडौंका पाँच स्थानबाट आज ग्यास बिक्री, नागरिकता वा राष्ट्रिय परिचयपत्र अनिवार्य

    काठमाडौं । नेपाल आयल निगमले आज शनिबार काठमाडौंका पाँच स्थानबाट खाना पकाउने एलपी ग्यास सिलिन्डर बिक्री वितरण गर्ने भएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौं र निगमको समन्वयमा ग्यास उद्योगीहरूले तोकिएका बिक्री केन्द्रबाट सिलिन्डर उपलब्ध गराउने व्यवस्था मिलाएका हुन् ।

    निगमका अनुसार टेकुस्थित निगम परिसरबाट नेपाल, एचपी, एभरेष्ट/सुगम, श्रीराम, सगर, सिद्धार्थ, श्री र हिमाल ब्रान्डका ग्यास बिक्री गरिनेछ । त्यस्तै, चाबहिलस्थित यातायात कार्यालय परिसरबाट नेपाल र एचपी ब्रान्डका ग्यास उपलब्ध हुनेछन् । कीर्तिपुरस्थित राधास्वामी परिसरबाट नेपाल, एचपी, एभरेष्ट/सुगम, श्रीमाया, श्रीकृष्ण, साइबाबा र ओम ब्रान्डका ग्यास बिक्री गरिने निगमले जनाएको छ ।

    वसुन्धरास्थित राधास्वामी परिसरबाट नेपाल, एचपी, एभरेष्ट/सुगम, भानु र ओम ब्रान्ड तथा बबरमहलस्थित पुरानो जिल्ला प्रशासन कार्यालय परिसरबाट नेपाल, एचपी, एभरेष्ट/सुगम, श्रीराम, सगर, हिमाल, एसटीसी, लोकप्रिय र सूर्य ब्रान्डका ग्यास सिलिन्डर बिक्री गरिनेछ । ग्यास खरिदका लागि उपभोक्ताले अनिवार्य रूपमा नागरिकता वा राष्ट्रिय परिचयपत्र साथमा लिएर जानुपर्नेछ । बिक्री केन्द्रहरूमा बिहान १० बजेदेखि बेलुकी ६ बजेसम्म ग्यास उपलब्ध गराइने निगमले जनाएको छ ।

    निगमले यो विशेष वितरण व्यवस्था अति आवश्यक परेका उपभोक्तालाई लक्षित गरी गरिएको भन्दै अनावश्यक रूपमा लाइनमा नबस्न र आवश्यकता अनुसार मात्र ग्यास खरिद गर्न आग्रह गरेको छ । ग्यासको आयात नियमित रूपमा भइरहेको र सम्बन्धित उद्योगहरूले आफ्ना विक्रेतामार्फत बजारमा नियमित आपूर्ति गरिरहेको निगमको भनाइ छ ।

    lpg-gas-1786751893.jpg

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij