बाढीले कास्की र पर्वत जोड्ने दुईवटा पुल बगायो

बाढीले कास्की र पर्वत जोड्ने दुईवटा पुल बगायो

शुक्रवार, श्रावण २९ २०८३
शुक्रवार, श्रावण २९ २०८३
  • बाढीले कास्की र पर्वत जोड्ने दुईवटा पुल बगायो

    पोखरा । अविरल वर्षाका कारण गएराति आएको बाढीले दुईवटा पुल बगाएको छ । बाढीले कास्की र पर्वत जोड्ने पुल बगाएको हो ।  बाढीले पुल बगाएपछि अन्नपूर्ण मन्दिर गएका सर्वसाधारण त्यहीँ अलपत्र परेका छन् । 

    प्रहरीका अनुसार, राति २स्१५ बजे कास्की र पर्वत जोड्ने दुईवटा मेटल पुल बगाएको हो । अन्नपूर्ण गाउँपालिका ५ र ६ को सिमानामा पर्ने नयाँ पुल(बिरेठाटी सडक खण्डको छेउ, मोदीखोलाको बीचमा रहेको पल बगाएपछि अन्नपूर्ण माता मन्दिरमा पुगेकाहरू अलपत्र परेका छन् । 

    आवतजावत गर्ने दुई मेटलको पुल ९पर्वत र कास्कीतर्फ० सहित मन्दिरको आधा भाग समेत नदीले बगाएको बताइएको छ ।
    मन्दिरमा रहेका एकजना सन्त पुजारी र दुई भक्तजन त्यहीँ फसेको सशस्त्र प्रहरीले जनाएको छ । 

    उद्धारका लागि सशस्त्रको २४ नम्बर कालिका गण कास्किबाट चार जना रोप रेस्क्यू र तीन जना गोताखोर सहितको टोी घटनास्थल पुगेको जनाइएको  छ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij