सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले दिए राजीनामा

सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले दिए राजीनामा

बिहिवार, श्रावण २८ २०८३
बिहिवार, श्रावण २८ २०८३
  • सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले दिए राजीनामा

    काठमाडौं । सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले राजीनामाको घोषणा गरेका छन् । बिहिवार अपरान्ह बसेको प्रदेशसभा बैठकलाई सम्बोधन गर्दै शाहले राजीनामाको घोषणा गरेका हुन् । कांग्रेसका तर्फबाट मुख्यमन्त्री शाह एमाले र नेकपाको गठबन्धनपछि अल्पमतमा थिए ।

    प्रदेशसभाको आजको बैठकलाई सम्बोधन गर्दै उनले राजीनामाको घोषणा गरेका हुन् । शाहको विश्वासको मत लिने आज अन्तिम दिन थियो । राजीनामा दिएको पत्र प्रदेश प्रमुख नजिर मियाँलाई बुझाउने जानकारी समेत शाहले सभालाई गराएका छन्।

    बजेटको विषयमा असहमति जनाउदै नेकपा एमालेले शाहलाई दिएको समर्थन ३१ असारमा फिर्ता लिएको थियो । शाहको राजीनामासंगै सुदुरपश्चिममा नेकपाको नेतृत्वमा सरकार गठन गर्ने बाटो खुलेको छ । अब प्रदेश प्रमुखले नयाँ सरकार गठनका लागि आह्वान गर्ने बताइएको छ । 

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij