हरियो तरकारीको मुल्य उच्च, रायोको साग होलसेलमै किलोको १५०

हरियो तरकारीको मुल्य उच्च, रायोको साग होलसेलमै किलोको १५०

बिहिवार, श्रावण २८ २०८३
बिहिवार, श्रावण २८ २०८३
  • हरियो तरकारीको मुल्य उच्च, रायोको साग होलसेलमै किलोको १५०

    काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिमा तराकारी तथा फलफुलको मूल्य बढेको छ । समितिले आजका लागि तोकेको कृषिउपजको अधिकतम थोक मूल्य निर्धारण अनुसार गोलभेँडा ठूलो नेपाली प्रतिकिलो ७०, गोलभेँडा ठूलो भारतीय प्रतिकिलो  ८०, रहेको छ । त्यसैगरी रातो आलु लाम्चो प्रतिकिलो ५१, रातो आलु गोलो प्रतिकिलो ५३, आलु रातो मुढेको प्रतिकिलो ५३ रहेको छ । 

    त्यस्तै, प्याज सुकेको भारतीय प्रतिकिलो ५८ रहेको छ भने गाजर लोकल प्रतिकिलो १२० र  गाजर तराईको प्रतिकिलो ८० रहेको छ । , बन्दा लोकल र तराईको प्रतिकिलो ४०, काउली स्थानीय प्रतिकिलो १०० कायम भएको छ । त्यस्तै रातो सेतो मूला प्रतिकिलो ३०, भन्टा लाम्चो प्रतिकिलो ५० र भन्टा डल्लो प्रतिकिलो ६० रुपैया कायम भएको छ ।

    समितिका अनुसार तने बोडी र मकै बोडी प्रतिकिलो १००, घिउ सिमी प्रतिकिलो ९०, टाटे सिमी प्रतिकिलो ८०, भटमास कोसा प्रतिकिलो १००, तीते करेला प्रतिकिलो ५० रुपैयाँ तोकिएको छ । त्यस्तै लौका प्रतिकिलो ६०, परवर प्रतिकिलो ६०, चिचिण्डो प्रतिकिलो ३०, घिरौँला प्रतिकिलो ४० र झिगुनी प्रतिकिलो ६०, कायम गरिएको छ । 

    त्यसैगरी, फर्सी पाकेको, हरियो प्रतिकिलो ६०, भिन्डी प्रतिकिलो ५०, पिँडालु प्रतिकिलो १०० र स्कुस प्रतिकिलो ६० कायम भएको छ । रायोसाग प्रतिकिलो १५०, पालुङ्गो प्रतिकिलो २५०, तोरीको साग प्रतिकिलो १०० रहेको छ । त्यस्तै हरियो प्याज  २००, कन्य च्याउ  प्रतिकिलो २८०, डल्ले च्याउ प्रतिकिलो ४००, राजा च्याउ प्रतिकिलो ३३० र सिताके च्याउ प्रतिकिलो १,००० निर्धारण भएको छ ।

    त्यस्तै कुरिलो प्रतिकिलो ५००, ब्रोकाउली प्रतिकिलो १५०, चुकन्दर प्रतिकेजी ७०, सजीवन प्रतिकिलो ३००, जिरीको साग प्रतिकिलो ५००, सेलरी प्रतिकिलो २५० रहेको छ । पार्सले प्रतिकिलो १५००, सौफको साग प्रतिकिलो १५०, पुदिना प्रतिकिलो ५००, गान्टेमूला प्रतिकिलो १५०, इमली प्रतिकिलो १८०, तामा प्रतिकिलो १६०, तोफु प्रतिकिलो १६० र गुन्द्रुक प्रतिकिलो ३५० तोकिएको छ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij